Logo

२०८३, श्रावण ३१गते


images
images

काठमाडौँ महानगर

पूर्वमन्त्री दिपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरले चलायो डोजर

पूर्वमन्त्री दिपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरले चलायो डोजर

images
  • पूर्वमन्त्री दिपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरले चलायो डोजर
    images
    images

    काठमाडौं । पूर्वऊर्जामन्त्री तथा कांग्रेस नेता दीपक खड्काले कब्जा गरेको नेपाल स्काउटको जग्गामा काठमाडौं महानगरले डोजर चलाएको छ।

    images
    images
    images

    नेपाल स्काउटले गत बिहीवार खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिलाई ७ दिनभित्र बहालको बक्यौता रकम तिर्न अल्टिमेटम दिएको थियो ।  जिल्ला प्रशासन कार्यालयबाट मुचुल्का गरी सिलबन्दी गरिए पनि खड्का ल्यान्डले भोगचलन गरेपछि सात दिनको समय दिएर बक्यौता तिर्न अल्टिमेटम दिइएको थियो ।

    images
    images
    images

    नेपाल स्काउट र खड्काल्याण्ड डेभलपण्ट प्रालिबीच २०६५ सालमा ३ रोपनी जग्गा (हाल लैनचौर बैक्वट सञ्चालन भइरहेको स्थान) १० वर्षका लागि करार सम्झौता गरी उपलब्ध गराइएको थियो । सम्झौता सकिएको लामो समयसम्म पनि उक्त कम्पनीले भाडा तिरेको थिएन ।  

    images
    images
    images

    स्काउटले राष्ट्रपति, प्रधानमन्त्री, संसददेखि काठमाडौँ महानगरपालिकासम्म पत्राचार गर्दै जग्गा खाली गराउन सहयोग मागेको थियो । स्काउटका अनुसार २०७५ सालसम्म नियमित भाडा तिरेका खड्काले त्यसपछि जग्गा र भवन उपयोग गरिरहे पनि भाडा तिर्न आनाकानी गरिरहेका थिए । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # स्काउट
  • # दिपक खड्का
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।