Logo

२०८३, श्रावण ३०गते


images
images

गण्डकी प्रदेशको १० हजार २५४.२३ हेक्टर वनमा डढेलो

गण्डकी प्रदेशको १० हजार २५४.२३ हेक्टर वनमा डढेलो

images
  • सेतोमसी सहकर्मी
  • गण्डकी प्रदेशको १० हजार २५४.२३ हेक्टर वनमा डढेलो
    images
    images

    राजेश पराजुली, पोखरा । गण्डकी प्रदेशका विभिन्न ५ सय ५४ स्थानमा डढेलो लागेको छ । प्रदेश वन निर्देशनालयका अनुसार डढेलोका कारण १० हजार २५४.२३ हेक्टर वन डढेलोले प्रभावित भएको छ ।

    images
    images
    images

    हिमालपारीको जिल्ला मुस्ताङबाहेक प्रदेशका दसवटै जिल्लामा डढेलोलो लागेको वन निर्देशनालय गण्डकी प्रदेशका प्रवक्ता निर्मला कुमारी फुलाराले जानकारी दिइन् । अहिले बर्षा सुरु भएसंगै प्रदेशका सबै स्थानमा लागेको डढेलो नियन्त्रणमा आएको छ ।

    images
    images
    images

    डढेलोमा परेर गण्डकीमा २ जनाको ज्यान गुमेको छ भने, ४ जना घाइते भएको प्रवक्ता फुलाराले बताइन् । उनका अनुसार डढेलोका कारण वागलुङ र कास्कीमा १/१ जनाको ज्यान गुमेको हो ।

    images
    images
    images

    वागलुङमा १ जना,  म्याग्दीमा १ र स्याङजामा २ जना गरेर ४ जना घाइते भएका छन् । वागलुङमा ५ घर, ९ गोठमा आगाली भएर पूर्णरुपले नष्ट भएका छन् भने, ६ भैंसी र ३ बाख्रा मरेका छन् ।

    स्याङ्जामा दुई वटा घर र २ गोठ जलेर पूर्ण क्षति भएको छ । सो जिल्लामा १४ कुकुरा मरेका छन् । नवलपुरमा ८५ क्यविक काठ र १ सड्टा दाउरा नष्ट भएको छ ।

    ५८ प्रतिशतले जानीजानी डढेलो लगाउँछन्

    गण्डकी प्रदेश निर्देशनालयका निर्देशक रामकाजी श्रेष्ठका अनुसार गण्डकीको मुस्ताङ जिल्लाबाहेक सबै जिल्लामा डढेलो लागेको छ । अधिकांस मानवीय कारणले नै बनमा डढेलो लागेको उनले बताए ।

    ५८ प्रतिशत जानीजानी, २२ प्रतिशत लापरबाही र २० प्रतिशत डढेलो दुर्घटनावश लाग्ने गरेको विभिन्न अध्ययनले देखाएको उनले बताए ।

    आगो लगाउँदा घाँस र बुट्यान राम्रोसँग पलाउँछ भनेर व्यक्तिले जानजानी आगो लगाउँदा त्यो अनियन्त्रित भई डढेलोको रूप लिने गरेको उनको भनाइ छ। वन डढेलोका बहुअसर रहेको उनले बताए ।

    डढेलोले माटोको प्रांगारिक तत्व नष्ट हुने, जनजन्तुको बासस्थान नासिने लगायतका समस्या निम्तने गरेको उनको भनाइ छ । डढेलोले भू(क्षय, बाढीजस्ता प्राकृतिक विपतका घटना पनि बढाउने निर्देशक श्रेष्ठले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गण्डकी प्रदेश
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।