Logo

२०८३, आश्विन १७गते


images
images

गिरिबन्धुको सबै कोणबाट अध्ययन गरेर अर्को बैठकमा धारणा बनाउँछौँ : रमेश लेखक

गिरिबन्धुको सबै कोणबाट अध्ययन गरेर अर्को बैठकमा धारणा बनाउँछौँ : रमेश लेखक

images
  • सेतोमसी सहकर्मी
  • गिरिबन्धुको सबै कोणबाट अध्ययन गरेर अर्को बैठकमा धारणा बनाउँछौँ : रमेश लेखक
    images
    images

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले गिरीबन्धु टी स्टेटको विषयलाई अब सहकारी प्रकरणजस्तै कडा रूपमा सदनमा उठाउने संकेत गरेको छ।

    images
    images
    images

    चिया उत्पादनमा नभएको जग्गा सरकारीकरण गर्न सर्वोच्च अदालतले आदेश दिएपछि यो विषयमा आज बसेको संसदीय दलको बैठकमा प्रवेश पाएको हो।

    images
    images
    images

    यो विषयमा थप अध्ययन गरेर अर्को बैठकबाट धारणा सार्वजनिक गर्ने प्रमुख सचेतक रमेश लेखकले बताए।

    images
    images
    images

    उनले भने- यसबारे पहिला भएका कामकुराहरू पछिल्लो समय सर्वोच्च अदालतबाट पनि फैसला भएको छ, यो विषयलाई अब सबै कोणले अध्ययन गरेर अर्को बैठकमा धारणा बनाउँछौँ।

    यो विषयलाई पनि सहकारी प्रकरण जस्तै कडा रूपमा उठाउनुहुन्छ ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा भने- यो विषयमा संसदीय दलमा प्रवेश भएको छ। थप छलफल हुन्छ।

    २०७८ वैशाख १३ गते तत्कालीन केपी ओली नेतृत्वको सरकारले यो जग्गा भाडामा दिने निर्णय गरेको थियो। त्यसैले अहिले कांग्रेसले ओलीलाई दबाब बढाउनको लागि अदालतको फैसलालाई टेकेर ओलीमाथि दबाब बढाउन खोजेको देखिन्छ।

    अहिले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगी प्रकरणको छानबिनको माग गर्दै संसदीय समिति बटमलाइन बनाउँदै सदनमा कुनै कार्यसूचीमा प्रवेश गर्न नदिने अडान कायमै राखेको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रमेश लेखक
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।