Logo

२०८३, श्रावण ३०गते


images
images

सन्दीपलाई सफाइपछि पारसको प्रतिक्रिया : निलम्बन फुकुवा गर्दैछौँ, बोर्डमा छलफल हुँदैछ

सन्दीपलाई सफाइपछि पारसको प्रतिक्रिया : निलम्बन फुकुवा गर्दैछौँ, बोर्डमा छलफल हुँदैछ

images
  • सेतोमसी सहकर्मी
  • सन्दीपलाई सफाइपछि पारसको प्रतिक्रिया : निलम्बन फुकुवा गर्दैछौँ, बोर्डमा छलफल हुँदैछ
    images
    images

    काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले बलात्कार मुद्दामा उच्च अदालत पाटनबाट सफाइ पाएपछि नेपाल क्रिकेट संघ (क्यान) ले निलम्बन फुकुवा प्रक्रिया अघि बढाएको छ ।

    images
    images
    images

    क्यानका सचिव पारस खड्काले सन्दीपले उच्च अदालतबाट सफाइ पाएको जानकारी आएको बताउँदै निलम्बन फुकुवाका लागि बोर्डमा छलफल थालिएको खबरहबलाई बताए ।

    images
    images
    images

    ‘उच्च अदालतले सन्दीपलाई सफाइ दिएको जानकारी पाइसकेका छौँ, अब उनको निलम्बन फुकुवाका लागि बोर्डमा कुरा हुँदैछ’, खड्काले खबरहबसँग भने, ‘निलम्बन फुकुवा भइसकेपछि सन्दीपको टी-२० विश्वकप खेल्ने सम्भावना रहन्छ । हामी अदालतको फैसलाअनुसार आवश्यक निर्णय लिन्छौँ ।’

    images
    images
    images

    जिल्ला अदालत काठमाडौंले सन्दीपलाई बलात्कार मुद्दामा दोषी ठहर गरेपछि क्यानले २०८० पुस २६ गते निलम्बन गरेको थियो ।

    जिल्ला अदालत काठमाडौंले बलात्कारी ठहर गर्दै उनलाई आठ वर्ष कैद सजाय तोकिदिएपछि क्यानले उक्त निर्णय लिएको थियो ।

    जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले कैद सजायसँगै सन्दीपबाट ३ लाख जरिवानासहित पीडितलाई  ५लाख क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएसँगै क्यानले अदालतको निर्णय पालन गरिएको जनाएको थियो ।

    २०७९ भदौमा एक युवतीलाई होटेलमा लगेर बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत काठमाडौंले उनलाई १३ पुस २०८० मै दोषी ठहर गरेर पुस २६ गते सजाय सुनाएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सन्दीप लामिछाने
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।