Logo

२०८३, श्रावण ३०गते


images
images

मदन भण्डारीका उत्तराधिकारी हामी हौँ, जबजको सान्दर्भिकता समाप्त भएको छैन : माधव नेपाल

मदन भण्डारीका उत्तराधिकारी हामी हौँ, जबजको सान्दर्भिकता समाप्त भएको छैन : माधव नेपाल

images
  • सेतोमसी सहकर्मी
  • मदन भण्डारीका उत्तराधिकारी हामी हौँ, जबजको सान्दर्भिकता समाप्त भएको छैन : माधव नेपाल
    फाइल फोटो
    images
    images

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवाद (जबस)को सान्दर्भिकता अझै समाप्त नभएको बताएका छन्।

    images
    images
    images

    मदन–आश्रितको ३१ औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै दासढुंगा दुर्घटनामा विषयमा गम्भीर खोजी गर्नुपर्ने बताए।

    images
    images
    images

    उनले भने- मदन भण्डारीका उत्तराधिकारी हामी हौँ, हामीले नै यो आन्दोलनलाई उचाइमा पुर्याउन आवश्यक छ। उहाँले त्यो बेलामा कम्युनिष्ट आन्दोलनमा देखिएको चुनौतीलाई उल्लेख गरेर भन्नुभयो, कम्युनिष्ट पार्टीलाई असफल पार्ने प्रयासहरू विफल पार्नुपर्छ। र, कम्युनिष्ट पार्टीलाई लोकतान्त्रिक पार्टीको रूपमा स्थापित गर्नुपर्छ। आन्दोलनको लोकप्रियतालाई अगाडि बढाउने क्रममा जनताको विश्वास लिन जनताको बहुदलीय जनवादको विचार अगाडि सार्नुभयो त्यसको सान्दर्भिकता समाप्त भएको छैन। कार्य क्रमिक रूपमा हामी नयाँ क्षणमा प्रवेश गरेका छौँ, हिजो जनवादी क्रान्तिको चरणमा थियौँ, अहिले समाजवादी क्रान्तिको चरणमा छौँ। त्यसैले त्यो विचारको अझै सान्दर्भिकता छ भन्ने बुझ्नु नै मदन भण्डारीप्रति सच्चा सम्मान गरेको ठहरिन्छ।

    images
    images
    images

    उनले कम्युनिष्ट पार्टी नै लोकतान्त्रिक आन्दोलनको अगुवा भएको बताए।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # माधव नेपाल
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।