Logo

२०८३, श्रावण ३१गते


images
images

नीति तथा कार्यक्रम भोलि पारित गर्ने सरकारको तयारी, यस्ता छन् १४ कार्यसूची

नीति तथा कार्यक्रम भोलि पारित गर्ने सरकारको तयारी, यस्ता छन् १४ कार्यसूची

images
  • सेतोमसी सहकर्मी
  • नीति तथा कार्यक्रम भोलि पारित गर्ने सरकारको तयारी, यस्ता छन् १४ कार्यसूची
    images
    images

    काठमाडौं । प्रतिनिधिसभाको भोलि बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ । आइतबार बिहान ११ बजे बस्ने बैठकका लागि महासचिव पद्मप्रसाद पाण्डेले १४ वटा कार्यसूची सार्वजनिक गरेका हुन् ।

    images
    images
    images

    भोलि सरकारको नीति तथा कार्यक्रम पारित गर्ने सरकारको तयारी छ । भोलि नै छलफल थालनी गरेर उठेको प्रश्नमा जवाफ दिने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

    images
    images
    images

    तर, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी ठगीमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भन्दै छानबिन समिति बनाउन माग गर्दै सदन अवरोध गर्दै आएको छ ।

    images
    images
    images

    समिति बनाउने विषयमा दुवै पक्ष तयार भए पनि कार्यादेश टुंगिन सकेको छैन । शुक्रबार पनि सरकारको नीति तथा कार्यक्रम पारित गर्ने सरकारको तयारी थियो । तर, कांग्रेससँगको वार्ता सकारात्मक नभएपछि भोलिसम्मलाई सारिएको छ ।

    sansad-karyasuch-2081-02-13.jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नीति तथा कार्यक्रम
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।