काठमाडौँ । सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा आइतबारको संसद बैठकमा फरक दृश्य देखिएको छ । प्रतिपक्षीको नाराबाजी र होहल्लाकै बिच सरकारले पेलेर नीति तथा कार्यक्रम पास गरेको छ ।
गत जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको तर्फबाट आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम संसद्मा पेश गरेका थिए । सोही नीति तथा कार्यक्रममाथि छलफलका लागि यसअघि राखिएको छलफल कार्यक्रममा प्रतिपक्षीले सहकारी मुद्दालाई लिएर विरोध जारी राखेपछि आइतबारका लागि बैठक धकेलिएको थियो । तर यस दिन पनि प्रतिपक्षीले विरोध जारी राखेपछि सरकारले पेलेर नीति तथा कार्यक्रम पास गरेको हो ।
सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रममाथिको छलफलका लागि १ घण्टाको समय छुट्याएका थिए । उक्त समयमा विपक्षी दलका दुई सांसद चित्रबहादुर केसी र प्रेम सुवालबाहेक सत्तापक्षका ४ जना सांसदले आफ्नो धारणा राखेर नीति तथा कार्यक्रममाथिको छलफल टुङ्ग्याइएको छ ।
नीति तथा कार्यक्रममा भाग लिने सांसदहरू :
१.चित्र बहादुर केसी, राष्ट्रिय जनमोर्चा
२.प्रेम सुवाल, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)
३.विष्णुप्रसाद पौडेल, नेकपा एमाले
४.जनार्दन शर्मा, नेकपा माओवादी केन्द्र
५.स्वर्णिम वाग्ले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)
६.वीरेन्द्रप्रसाद महतो, जसपा
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology