देवदह । देवदह-५ मा अवस्थित बुद्ध पब्लिक आवासीय माध्यमिक विद्यालयमा चेस प्रतियोगिता सम्पन्न भएको छ । अतिरिक्त क्रियाकलाप अन्तरर्गत शुक्रबार कक्षा सात, आठ र नौ तर्फ चेस प्रतियोगिता सम्पन्न भएको छ ।
जसमा छात्र, छात्रातर्फ गरेर ८८ जना विद्यार्थीहरु सहभागी भएका थिए । जसमा १२ जना दोस्रो चरणमा प्रवेश गर्न सफल भएका छन्, दोस्रो चरणमा ५ राउन्ड हुनेछ जसमध्ये ३ राउण्ड सम्पन्न हुदाँसम्म दिवस श्रेष्ठको अग्रता रहेको छ ।
प्रतियोगिताको फाइनल आइतबार हुने विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख अनन्तराम भण्डारीले बताए ।
कार्यक्रममा विद्यालयका विद्यालयका प्रिन्सिपल कृष्ण प्रसाद गैरे, चेस क्लब शिक्षक इन्चार्ज मनिष शर्मा, शिक्षक वेद सूर्यवंशी लगायतको उपस्थिति रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology