Logo

२०८३, श्रावण ३०गते


images
images

गण्डकीले नीति तथा कार्यक्रम ल्याउदै

गण्डकीले नीति तथा कार्यक्रम ल्याउदै

images
  • सेतोमसी सहकर्मी
  • गण्डकीले नीति तथा कार्यक्रम ल्याउदै
    images
    images

    राजेश पराजुली, पोखरा । गण्डकी प्रदेशको आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक हुँदैछ । आज बस्न लागेको प्रदेश सभा बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक हुन लागेको हो ।

    images
    images
    images

    दिउँसो ३ बजेका लागि प्रदेश सभाको बैठक डाकिएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

    images
    images
    images

    प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । गण्डकीमा सत्ता फेरबदलको प्रभावले नीति तथा कार्यक्रम सार्वजनिक गर्न ढिलाइ भएको हो ।

    images
    images
    images

    गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएलगत्तै नीति तथा कार्यक्रम ल्याउन लागिएको छ । उसो त विश्वासको मत पाउने पक्का भएसँगै उनले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसद सचिवालयलाई पहिल्यै सूचना दिएका थिए ।

    सोमबार नेपाली कांग्रेसका २७, राप्रपाका २, स्वतन्त्र निर्वाचित राजीव गुरुङ उर्फ दीपक मनाङे र माओवादीको चिह्नबाट चुनाव जितेका फणिन्द्र देवकोटाले फ्लोर क्रस गरेसँगै पाण्डेले विश्वासको मत पाएका थिए । विश्वासको मत पाउने अवस्था नरहँदा अध्यादेशमार्फत बजेट ल्याउने तयारी थियो ।

    जेठ १७ को प्रदेश सभा बैठकमा बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरिएको थियो । छलफल गरेपछि बहुमत नहुँदा पास नगरीकन संसद स्थगित भयो । त्यसपछि मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिनलाई सोमबार प्रदेश सभाको बैठक बसेको हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गण्डकी प्रदेश
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।