Logo

२०८३, श्रावण ३०गते


images
images

गण्डकीमा फणीन्द्र देवकोटा बने ऊर्जा मन्त्री, दीपक मनाङेलाई यातायातको जिम्मा

गण्डकीमा फणीन्द्र देवकोटा बने ऊर्जा मन्त्री, दीपक मनाङेलाई यातायातको जिम्मा

images
  • सेतोमसी सहकर्मी
  • गण्डकीमा फणीन्द्र देवकोटा बने ऊर्जा मन्त्री, दीपक मनाङेलाई यातायातको जिम्मा
    images
    images

    पोखरा । गण्डकी प्रदेशमा सोमबार ‘फ्लोर क्रस’ गरेका फणीन्द्र देवकोटा मंगलबार मन्त्रीमा नियुक्त भएका छन् ।

    images
    images
    images

    गोरखाबाट २०७९ को निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिह्नबाट विजयी उनले सोमबार ‘फ्लोर क्रस’ गर्दै मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई विश्वासको मत दिएका थिए ।

    images
    images
    images

    माओवादी दलको ह्विप उलंघन गरेको भोलिपल्ट देवकोटालाई मुख्यमन्त्री पाण्डेले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री बनाएका हुन्। देवकोटाले मंगलबार नै पद तथा गोपनीयतको सपथ लिएका छन् ।

    images
    images
    images

    उता छैटौं पटक सरकारमा पुगेका स्वतन्त्र सांसद दीपक मनाङे (राजीव) गुरुङलाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री बनाइएको छ । उनले पनि मंगलबार सपथ लिएका छन् । मनाङेक यससँगै छैटौँ पटक मन्त्री भएका हुन् ।

    मुख्यमन्त्री पाण्डेले आफूलाई विश्वासको मत दिएका उनीहरू दुवैलाई मन्त्री उपहार दिएका हुन् । फणीन्द्र पहिलोपटक र मनाङे छैटौँपटक मन्त्री बनेका हुन् । प्रदेशसभाको दोस्रो कार्यकालमा मनाङे दुईपटक मन्त्री भइसकेका छन् ।

    सुरुमा पाण्डे नेतृत्वको सरकार अल्पमतमा परेपछि मनाङे भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री बनेका थिए । पाण्डे नेतृत्वको सरकार ढलेपछि मनाङे एमाले दलका नेता खगराज अधिकारी नेतृत्वको सरकारमा त्यही मन्त्रालयमा दोहोरिएका थिए ।

    सर्वोच्च अदालतको परमादेशमा जेठ १६ गते मुख्यमन्त्रीमा नियुक्त पाण्डेले यसअघि नै कांग्रेसका टकराज गुरुङ आर्थिक मामिला र बिन्दुकुमार थापा ऊर्जा मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

    पाण्डे नेतृत्वको सरकारलाई विश्वासको मत दिएको राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारमा सहभागी नहुने भएको छ । गण्डकीमा उसका दुईजना सांसद छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गण्डकी प्रदेश
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।