देवदह । नमुना एभरग्रिन ईङ्गलिस बोर्डिङ्ग स्कुल देवदह-२, रुपन्देहीले शिक्षक अभिभावक अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ ।
शिक्षक, विद्यार्थी र अभिभावकको सह-सम्बन्धले नै शिक्षण सिकाइमा सुधार ल्याउन सकिन्छ भन्ने उद्धेश्यले अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
सो अवसरमा विद्यालयका प्रिन्सिपल कमल पौडेलले विद्यार्थीहरुको चौतर्फी विकासका लागि अभिभावक र शिक्षकले उचित मार्गदर्शकको भूमिका निर्वाह गर्नुपर्ने बताए ।
कार्यक्रममा शिक्षकहरुले विद्यार्थीहरूको मासिक शैक्षिक उपलब्धि विवरण बारे अभिभावकहरुलाई जानकारी गराएका थिए ।
सोही अवसरमा अभिभावकहरुले आ आफ्ना बालबालिकाहरुको घरमा हुने सिकाई गतिविधि तथा अन्य क्रियाकलापहरु बारे जानकारी गराएका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology