देवदह । नमुना एभरग्रिन इंग्लिस बोर्डिङ स्कुल देवदह -२ रूपन्देहीमा साप्ताहिक कार्यक्रम अन्तर्गत अंग्रेजी निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा कक्षा १ देखि ८ सम्मका विद्यार्थीहरूको सहभागिता रहेको थियो । प्रतियोगिता अन्तर्गत कक्षा १ बाट ओसन पौडेल, सोनी राना, र दिशिका गुरुङ क्रमश : प्रथम, द्वितीय र तृतीय भएका छन ।
त्यसैगरी कक्षा २ बाट अनुप पाण्डे, प्रज्वल गिरी, र सुजिना राई क्रमश: प्रथम, द्वितीय र तृतीय हुन सफल भए । त्यस्तै कक्षा: ३ बाट कृष कलवार प्रथम, यान्सी गुरुङ द्वितीय र युजिना गुरुङ तृतीय भएका छन ।
प्रतियोगिता अन्तर्गत कक्षा ४ र ५ बाट समृद्धि न्यौपाने, सहिरा गुरुङ, दिपिका चालिसेले क्रमश: प्रथम, दितिय र तृतीय स्थान हासिल गरेका थिए । त्यसै गरी ६ देखि ८ बाट एलिना गाहा प्रथम, अनुश चालिसे द्वितीय र रविका रानाले तृतीय स्थान हासिल गरेका छन ।
विजयी विद्यार्थीहरूलाई पुरस्कार वितरण गर्दै विद्यालयका प्रिन्सिपल कमल पौडेलले हरेक विषयमा आफ्नो धारणा निर्धक्क राख्न सक्ने र वैचारिक स्तर वृद्धि गर्न निबन्ध लेखनले विद्यार्थीहरूलाई सहयोग पुर्याउने बताए ।
विद्यालयका अङ्ग्रेजी शिक्षकहरू अन्जु कुमाल , निशा पाण्डे र राज कुँवरको निर्णायक भूमिका तथा विद्यालय संयोजक सृष्टि बरालको सहजिकरणमा प्रतियोगिता सम्पन्न भएको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology