देवदह । नमुना एभरग्रिन इङ्गलिश बोर्डिङ स्कुल देवदह -२, ढेकावरमा निःशुल्क स्वास्थ्य परिक्षण शिविर सम्पन्न भएको छ । शिविरमा विद्यार्थीहरूको नाक, कान, घाँटी, आँखा, दाँत, छाला लगायत अन्य स्वास्थ्य सम्बन्धि चेकजाँच गरिएको छ ।
सो अवसरमा विद्यालयमा अध्ययनरत ४ सय २५ जना विद्यार्थीहरुलको निःशुल्क स्वास्थ्य चेकजाँच गरिएको बिद्यालयका प्रिन्सिपल कमल पौडेलले जानकारी गराए । चेकजाँचका क्रममा ४५ जना विद्यार्थीहरुमा आँखा, दाँत, कान, छाला लगायतका समस्याहरु देखिएको थियो । समस्या देखिएका विद्यार्थीहरुलाई थप चेकजाँच तथा उपचारका लागि देवदह मेडिकल कलेजमा पठाइने शिविर संयोजक सृष्टि बरालले जानकारी दिइन् ।
देवदह मेडिकल कलेज एण्ड रिसर्च सेन्टरको आयोजनामा भएको शिविरमा विद्यालयमा अध्ययनरत प्ले गु्रप देखि कक्षा ८ सम्मका विद्यार्थी तथा विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरूले समेत सेवा लिएका थिए । सो शिविरमा देवदह मेडिकल कलेजका वरिष्ठ नेत्र अधिकृत हिरालाल धामी, डा. विश्व श्रेष्ठ लगाएतको समुहले स्वास्थ्य परिक्षण तथा सहजीकरण गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology