Logo

२०८३, श्रावण ३०गते


images
images

पार्टीभित्र विवाद छैन, विचार मिल्नेसँग एक भएर अघि बढ्न तयार छौँ : माधव नेपाल

पार्टीभित्र विवाद छैन, विचार मिल्नेसँग एक भएर अघि बढ्न तयार छौँ : माधव नेपाल

images
  • सेतोमसी सहकर्मी
  • पार्टीभित्र विवाद छैन, विचार मिल्नेसँग एक भएर अघि बढ्न तयार छौँ : माधव नेपाल
    images
    images

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीभित्र विचारको कुनै मतभेद नरहेको बताएका छन् ।

    images
    images
    images

    अखिल नेपाल महिला संघ(समाजवादी) को मुखपत्र सोमबार काठमाडौंमा सार्वजनिक गर्दै अध्यक्ष नेपालले पार्टीको १० औँ महाधिवेशन नजिकै आइरहेको अवस्थामा विचारको मतभेद नरहेको बताएका हुन् ।

    images
    images
    images

    समाजवादलाई अघि बढाउने उद्देश्यसहित पार्टी गठन भएको भन्दै अध्यक्ष नेपालले समाजवादउन्मुख मुलुक निर्माणका लागि पार्टीले पाइला चालिरहेको बताए ।

    images
    images
    images

    उनले महाविधेशनमार्फत नेपाली विशेषताको समाजवादको धारणालाई व्यवस्थित गर्ने उल्लेख गरे ।

    अध्यक्ष नेपालले अहिलेको व्यवस्था र संविधान अनुसारको संरचनाबाट केहि बिकृतिहरु पैदा भएकाले त्यसलाई सुधार गर्दै अघि बढ्नुपर्ने बताए ।

    उनले आफूहरूसँग बिचार मिल्ने र सहकार्य गर्न चाहनेलाई साथमा लिएर अघि बढ्न चाहेको बताए । त्यसका लागि सक्दो पहल गरिरहेको पनि उनले बताए ।

    त्यस्तै समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपालको कम्युनिष्ट आन्दोलनले समाजवादलाई अघि बढाउन नसकेकाले आफ्नो पार्टीले समाजवादी कार्यक्रमलाई अघि बढाउने धारणा राखे ।

    उनले महाधिवेशनमा पार्टीको बिभिन्न दस्तावेजहरुलाई परिस्कृत गर्दै पारित गर्ने दाबी गरे । उनले सहमतिका साथ नेतृत्व निर्माण गर्नुपर्ने बताए ।

    खनालले श्रमजिवी महिलाहरूसँग पार्टी पुर्‍याउन नसके कुनै पनि क्रान्ति सम्भव नरहेको बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # माधव नेपाल
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।