Logo

२०८३, श्रावण ३०गते


images
images

गण्डकी प्रदेश पुरुष टि–२० क्रिकेटको उपाधि स्याङजाले जित्यो

गण्डकी प्रदेश पुरुष टि–२० क्रिकेटको उपाधि स्याङजाले जित्यो

images
  • सेतोमसी सहकर्मी
  • गण्डकी प्रदेश पुरुष टि–२० क्रिकेटको उपाधि स्याङजाले जित्यो
    images
    images

    राजेश पराजुली, पोखरा । पोखरा । घरेलु टोली कास्कीलाई ६ विकेटले पराजित गर्दै गण्डकी प्रदेश पुरुष टि–२० क्रिकेटको उपाधि स्याङजाले जितेको छ । पोखरा रंगशालामा बिहिबार सम्पन्न प्रतियोगितामा टस जितेर ब्याटिङ रोजेको कास्की १९.३ ओभरमा सबै १० विकेट गुमाउँदै १०७ रन मात्रै जोड्न सक्यो ।

    images
    images
    images

    यता जवाफी व्याटिङका लागि उत्रिएको स्याङजा ३९ बल बाँकी छंदै ४ विकेटको क्षतीमा १११ रन बनाउँदै उपाधि जितेको हो । उपाधि संगै स्याङजाले नगद १ लाख र उपविजेता कास्कीले नगद ५० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् । कास्कीको पारीको सुरुवात खासै जम्न सकेन ।

    images
    images
    images

    कास्कीका भरपर्दाे मानिएका अर्जुन कुमाल ३ रन जोडेर अंकित न्यौपानेको बलमा बोल्ड हुन पुगे भने सिव्रिन श्रेष्ठ १६ बलमा १८ रन बनाए । उनलाई करण पगेनीले रन आउट गरे । मुस्कान थापाले ३ रन बनाउँदै आउट भए भने अभिशेक थापाले २५ बलमा १७ रन बनाए । सोहेल कुंवरले १४, रोहित चन्दले २१ बलमा १४ रन, सुभाष भण्डारीले १२ बलमा ६ रन, विपिन खत्रीले १२ र कृष्ण पौडेलले १३ रनको योगदान दिए । बागलुङका लागि ३.४ ओभरमा २२ रन दिएर २ विकेट लिए भने सन्दिप खत्री क्षेत्री, विपिन न्यौपाने, किरण भट्टराई र करण पगेनीले समान १–१ विकेट लिए ।

    images
    images
    images

    जवाफी व्याटिङका लागि उत्रिएको स्याङजाका ओपनर इश्वर क्षेत्री पहिलो बलमा डक आउट हुँदै पेभिलिएन फर्किए । विपिन खत्रीको बलमा विकेट किपर अर्जुन कुमालले क्याच लिंदै सुरुवातमा नै कास्कीले स्याङजालाई दबावमा राख्ने प्रयास गर्यो । स्याङजाका लागि करण पगेनीले नट आउट रहँदै ३६ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ४१ रन बनाए । अनिष ताम्राकारले ७ रन बनाए ।

    उनी सुभाष भण्डारीको बलमा रोहित चन्दबाट क्याच आउट भए । स्याङजाका अर्का व्याट्स्म्यान सन्दिप खत्री क्षेत्रीलाई विपिन खत्रीले बोल्ड गर्नु अघि विस्फोटक पारी खेल्दै २७ बलमा समान ३ चौका र ३ छक्का प्रहार गर्दै ३६ रन जोडे । सुजन गौतमले ९ बलमा २ चौका प्रहार गर्दै ९ बलमा १० रन बनाए । उनलाई अभिसेक थापाले बोल्ड गरे भने अंकित न्यौपानेले ४ बलमा १ चौका र १ छक्का प्रहार गर्दै ११ रन बनाएर नट आउट रहे । खेलमा स्याङजाका करण पगेनी फाइनल खेलको प्लेयर अफ दि म्याच घोषित भए ।

    यहि असार ३२ गतेबाट सञ्चालन भएको प्रतियोगितामा नवलपुरका प्रमिश अर्याल प्लेयर अफ दि टुर्नामेन्ट घोषित हुँदा खेल अविधमा १५४ रन बनाएका तनहुँका दिनेश बुढा मगर वेष्ट व्याटर र प्रतियोगितामा सर्वाधिक ९ विकेट लिएका बाग्लुङका सञ्चार निउरे उत्कृष्ट बलर घोषित भए । उनीहरुले नगद सहित ट्रफी हात पारे ।

    प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा सम्पन्न उक्त प्रतियोगिताको समापनका अवसरमा सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले प्रदेश सरकार खेलकुद विकासका लागि प्रतिवद्ध रहेको जनाउँदै यस प्रकारका प्रतियोगिताहरुले खेलाडीहरुमा उत्साह बढाउने भन्दै प्रंशसा गरे ।

    कार्यक्रममा गण्डकी प्रदेशका सांसद एवं पूर्व मन्त्री पञ्चराम गुरुङले खेलकुदले पर्यटन प्रवर्द्धनमा समेत उल्लेख्य भूमिका खेलेको बताउँदै यूवाहरुलाई आफ्नो क्षेत्रमा उत्कृष्टता हासिल गर्न सुझाव दिए ।

    प्रादेशिक क्रिकेट संघ गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्रतियोगिताका संयोजक एवं परिषदका कार्यकारी सदस्य ऋषीराम गौतम, क्यानका केन्द्रिय सदस्य सुदिप पौडेल, यू–१९ राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक जगत टमाटा, परिषदका सदस्य केशव पाठकलगायतले नगद, ट्रफी तथा मेडल वितरण गरेका थिए ।

    यसै बीच गण्डकी प्रदेशस्तरीय महिला टि–२० क्रिकेट प्रतियोगिता भोली शनिबारबाट पोखरामा सुरु हुने भएको छ । प्रतियोगितामा चार टिमको सहभागिता रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गण्डकी प्रदेश
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।