Logo

२०८३, श्रावण ३०गते


images
images

समुन्द्रपारि

देश फर्किदै भूकम्पले विदेसिएका कृष्ण

देश फर्किदै भूकम्पले विदेसिएका कृष्ण

बाँझिएका खेतबारीमा कृषि कर्म गरेर छोरी पढाउने सपना
images
  • देश फर्किदै भूकम्पले विदेसिएका कृष्ण
    images
    images

    जीवनमा अभाव र समस्याहरु धेरै आउने गर्छन् । त्यसका बाबजुत पनि हार नमानी आफ्नो कर्मलाई निरन्तर अघि बढाउनु मानव जीवनको सुन्दरता हो । यस्तै संघर्षको चाङमा उभिएर, सात समुन्द्रपारिबाट समृद्ध जीवनको सपना देखिरहेका व्यक्ति हुन् - कृष्ण थामी । 

    images
    images
    images

    वि सं २०४१ साल असोज ७ गते पिता रामबहादुर र माता राममाया थामीका साइँलो सन्तानको रुपमा कृष्ण थामीको जन्म भयो । तत्कालीन सिन्धुपाल्चोक जिल्ला घुम्थाङ गाउँपलिका हालको  बारबिसे नगरपालिका–७ मा जमिएका उनी सानै देखि शान्त, धेरै नबोल्ने स्वभावका थिए । खेती किसानी गरेर जीविकोपार्जन गरिरहेको उनको परिवार निकै सामान्य थियो । घरमा रहेको सानो किराना पसलबाट उनको परिवारले गुजारा चलाउँथ्यो ।

    images
    images
    images

    कृष्णको प्रारम्भिक शिक्षा घुम्थाङकै बचलादेवी माध्यमिक विद्यालयबाट प्रारम्भ भयो । पढाईमा खासै रुचि नभएपछि ६ कक्षा पढ्दै गर्दा उनले बिचमै औपचारिक शिक्षा छोडे । उनी पहिला धेरै पढ्ने र शिक्षक बन्ने सपना देख्थे । तर त्यो सपना साकार पार्नका लागि कृष्णलाई गाइड गर्ने अभिभावक भएनन् । त्यसो त पढाउने शिक्षकले विद्यार्थीहरुलाई दिने दण्ड-सजायजस्ता कुरा पनि उनलाई पढ्नका लागि निरुत्साहित गर्ने माध्यम बने ।

    images
    images
    images

    आँफु पढ्न नसकेकोमा कृष्ण खासै दुःखी छैनन् । उनले पढेर पाइने प्रमाणपत्र, दीक्षान्तका बेला लागाईने टोपीलाई मात्र शिक्षा मान्दैनन् । तर उनी सिकाई क्रियाकलापलाई अविराम प्रकृया मान्छन् । उनि भन्छन्, ‘सिकाइ क्रियाकलाप पाठ्यक्रम वा शिक्षकको मात्र दायित्व होइन । जिन्दगी जिउन सहज बनाउने माया, प्रेम, सद्भाव, करुणा, सदाचार, इमान्दारीता, आत्मविश्वास, अठोट आदि समेत शिक्षाका अङ्ग हुन् । मैले जति पढेँ, म सहि र गलत छुटाउन सक्ने भए, अरु मलाई विद्यालयका कक्षा कोठा भन्दा जिन्दगीले धेरै सिकाउँछ ।’ उनले विद्यालयको किताब बन्द गरेर अहिले जिन्दगीको किताब पढ्दैछन् । र कैंयो पटक जिन्दगीको परिक्षा समेत दिएका छन् ।

    कलिलो उमेरमा बिवाह र जिम्मेवारी

    २०५६ सालमा १५ वर्षको उमेरका कृष्ण विवाह बन्धनमा बाँधिए । सिन्धुपाल्चोककै तारा थामीसंग उनको मागि विवाह भयो । कृष्णमाथिका दुईजना दाइहरु आमा बुवासंग छुट्टीएर अलग्गै बस्थे । बिवाहसंगै श्रीमती, आमा बुवा तथा एक दिदी, दुई भाइ र एउटी बहिनीको जिम्मेवारी समेत उनीमाथि आयो । घरको किराना पसल खासै चल्न छाड्यो । 

    पहिलो जागिर गाडिको सहचालक 

    उनी कामको खोजीमा थिए । सोही क्रममा २०५७ सालमा गाडीलाइमा सह–चालकको रुपमा उनले काम पाए । पहिलो पटक त उनलाई त्यो काम त्यति सहज भएन । गाडीको ढोकामा झुन्डिएर बस्दा त्यो बेला आँफुले अफ्ठ्यारो महसुस गरेको उनलाई अहिलेपनि सम्झना छ । कृष्ण भन्छ्न् ‘सुरुसुरुमा त्यो काम गर्न मलाइ लाज लाग्थ्यो, कसैले देख्छ् कि भनेर रुमाल मुखमा छोपेर प्यासेन्जरसंग भाडा उठाउँथे ।’ पछि काममा बानी पर्दै गएपछि उनलाई कुनैपनि काम सानो ठूलो हुदैन भन्ने लाग्न थाल्यो । जसरी जे काम गरेर भएपनि परिवार पाल्नुपर्ने दायित्व बोकेका उनी सहचालक हुँदै चालकसम्म बने । बिहन ७ बजे गाडी चलाउन घरबाट निस्किएका उनी घर आउँदा रातीको ८ बज्थ्यो । 

    कृष्णको जिन्दगीको गाडी सहज रुपमा बिस्तारै आफ्नै गतिमा चल्दै थियो । केहि समय यसरीनै चलेको कृष्णको दैनिकी २०६१ सालमा फरक भयो । श्रीमती ताराको कोखबाट पहिलो सन्तानको रुपमा छोरी जन्मिएपछि उनको काँधमा थप जिम्मेवारी बढ्यो । भविष्यका निम्ति कृष्णले अझ मेहनत गर्नुपर्ने भयो । त्यो बेला उनले दिनको १३ घन्टासम्म गाडीमा काम गर्ने गर्थे । तर कामबाट प्राप्त हुने माषिक ८ हजार रुपैंयाले घर चल्न गाह्रो भयो । कृष्ण नयाँ कामको खोजिमा भौँतारीन थाले । 

     भुकम्पबाट उनको घर ढल्यो । उनले देखेका सपनाहरु पनी एकै पटक गल्र्याम्मै पल्टिए ।  उनको घर भुकम्पले भत्कायो, मन अभाव र पिडाले ।  

    कामको खोजिमा रहेका कृष्णले नेपाल चीन तातोपानी नाकामा पैदल यात्रुले त्याउने लैजाने सामान चेकजाँच गर्ने काम पाए । जागिर पाएको दिन उनमा खुशीको सिमा रहेन । उनको स्वभाव बाल्यकाल देखिनै शान्त र गम्भीर किसिमको थियो । त्यसैले पनि उनी सुखमा मात्तिने र दुःखमा आत्तिने खालका थिएनन् । कृष्णको परिवारको खर्च तातोपानी नाकाको  जागिरले राम्रै संग धानेको थियो । तर जब २०७२ साल बैशाख १२ गते सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर नेपालमा भुकम्प गयो । एकाएक उनको जीवनमा सन्नाटा छायो । 

    भुकम्पले भत्किएको सपना

    १९९० सालपछिकै शक्तिशाली भूकम्पमा सिन्धुपाल्चोकले सर्वाधिक रुपमा भौतिक र मानविय क्षति ब्यवहोर्नुप¥यो । ३ हजार ५ सय ७१ जनाले भूकम्पमा परि ज्यान गुमाए । ८० हजार निजी घर संरचना माटोमा मिले । सरकारी तथा सामुदायिक भवन संरचना ढले, विद्यालय भवनहरु भग्नावशेषमा परिणत भए । उक्त भुकम्पले कृष्णको घरमासमेत क्षती पु¥यायो । भुकम्पबाट उनको घर ढल्यो । उनले देखेका सपनाहरु पनी एकै पटक गल्र्याम्मै पल्टिए ।  उनको घर भुकम्पले भत्कायो, मन अभाव र पिडाले । भुकम्पपछि परिवारलाई कहाँ राख्ने भन्ने उनलाई चिन्ता प¥यो । कृष्णले केहि सोँच्न सकेनन् । केही दिनपछि राहत सामग्री सहित सहयोगी संस्थाहरु सिन्धुपाल्चोकका गाउँ बस्तीसम्म पुगे । राहत पाएपछि केही दिन त्रिपल र खुला आकाशमा उनको परिवारले पनि आश्रय पायो । यता सरकारले घर पुनर्निर्माणका निम्ति ३ लाख रुपैंया अनुदान दिने घोषणा ग¥यो । जसले पनि उनको परिवारलाई केही राहत मिल्यो । 

    कृष्णले आफ्नो जीवनमा यस्तो बज्रपात पर्छ भनेर कहिल्यै कल्पना समेत गरेका थिएनन् । ठिकठाक चलिरहेको जागिरबाट श्रीमती चारवटी छोरी, आमाबुवा, दिदी बहिनी र भाइहरु खुसी थिए । तर एकैपटक आएको विपत्तिका कारण आर्थिक संकट परेपछि परिवार कता सार्ने भन्ने उनलाई पिरलो थपियो । उता भुकम्पले गर्दा नेपाल चीन बोर्डेर अनिश्चित कालानी बन्द भयो । अब काम गर्न कहाँ जाने ? परिवार कसरी पाल्ने ? घर बनाउने थप पैसा कहाँबाट ल्याउने ? छोरीहरुको पठनपाठक कसरी गराउने ? तातोपानी नाका तत्काल खुल्न सक्ने अवस्था थिएन । भुकम्पले पुल भत्काएका कारण आवतजावत सबै ठप्प थियो । त्यसैले अब कृष्णलाई रोजगारीको अर्को विकल्प खोज्नुपर्ने भयो । 

    अभावबाट सिर्जित वैदेशिक यात्रा

    घरको अवस्था जटिल बन्दै गएपछी उनी यत्रतत्र भौतारिए । सरकारको सहयोग र साथीभाइसंग ऋण लिएर जनतन उनले घर ठड्याए । घर त ठडियो, तर घर खर्च टार्ने उनीसंग अर्को बिकल्प भएन । उनको टाउकोमा ऋणको भारी बिस्तारै थपिदै थियो । थपिदै गएको ऋण सम्झिदा कृष्णलाई रातमा निद्रा पर्न छाड्यो । उनको अन्तिम विकल्प बन्यो, बिदेश जाने, पैसा कमाउने र ऋण तिर्ने । सोही अनुसार उनी पासपोर्ट बनाउन हिँडे । कृष्णको पासपोर्ट बन्यो । उनी बैदेशिक रोजगारीबारे बुझ्न काठमाडौंं हानिए । 

    काठमाडौंमा उनले धेरै मेनपावरमा बैदेशिक रोजगारीको लागि बुझे । तर अन्त्यमा उनले दुबईको एक सुपरमार्केटमा रोजगारीको अवसर भेटे । विदेश जाने सबै प्रक्रिया पूरा गरी २०७६ सालमा उनी दुबई आए । पहिलो पटक त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको गेटभित्र छिर्दा उनलाइ छोरीहरु र परिवारको निकै याद आयो । उनी भन्छन् ‘जीवनमा पहिलो पटक घर परिवारलाई छोडेर बाहिर हिँडेको म । त्यो पनि सात समुन्द्र पारी ।’ तरपनि मन बुजाउँदै र आफुलाई सम्हाल्दै कृष्ण दुवइ पुगे । 

    'बिहान जुरुक्क उठ्यो हतार हतार ड्युटी गयो । दिनभर भोक प्यास आराम केही नभनी काम गर्यो । बेलुका ज्यान थाकेर आउँछ अनि मिठो नमिठो खायो सुत्यो । बस यहि हो समुन्द्रपारीको कथा ।  यसरी नै दिन, महिना हुँदै बर्षों बित्छ ।' कृष्ण थप्छन्, ‘तुलनात्मक रुपमा मेरो जे जति प्रगति भयो, त्यसको कारण काम प्रतिको लगनशीलता र इमान्दारिता नै हो ।’ उनी भन्छन्, ‘सुरुमा त निकै गाह्रो लाग्थ्यो । न भाषा बुझेको, न त धेरै पढेको । यता बोलाउँदा उता जाने र उता बोलाउँदा यता आउने हुन्थ्यो ।’ विस्तारै भाषा सिक्दै गएपछि आफुलाई केही सहज भयो ।

     कृष्ण दुबई आएको चार वर्ष बित्यो । यो अवधिमा उनलाइ कहिल्यै थकानको महशुस भएन । तर अब उनी यो भाग्दौडबाट छुटकरा पाउन चाहन्छन् । उनले भने ‘धेरै बसियो विदेश, अब देशमा गएर पुनः केही गर्छु । सायद यता काम गर्ने यो नै अन्तिम वर्ष हुन्छ होला । अर्कों नयाँ वर्षमा नयाँ सपना बुन्दै जागिरबाट राजिनाा दिएर स्वदेश फर्किन्छु ।’ 

    कृष्णले नेपालबाट विदेश आउनेहरुलाई आफुले जस्तै दुःख नपाउनका लागि भाषा सिक्न आग्रह गर्छन् । भाषाले धेरै सहयोग गर्ने र त्यसपछि कामप्रतिको इमान्दारिता देखाउनुपर्ने उनको सुझाब छ । उनी भन्छन् ‘आफूभन्दा माथिल्लो तहको कर्मचारीले करायो, गाली ग¥यो भने पनि सहनुपर्छ । सिक्ने चाहना राख्नुपर्छ, कम्पनीलाई कामसँग मतलव हुन्छ । राम्रो र चित्त बुझ्दो काम गरे राख्छ, नत्र निकाल्छ ।’ कामप्रति यति ईमान्दार बन्नुपर्छ कि कैँयौं चाडपर्व र नयाँ बर्षहरु बैदेशिक रोजगारीमा आउनेहरुका लागि अन्य सामान्य दिन जस्तै हुनेगर्छन् । 

    घर फर्किएपछिको सपना 

    कृष्ण दुबई आएको चार वर्ष बित्यो । यो अवधिमा उनलाइ कहिल्यै थकानको महशुस भएन । तर अब उनी यो भाग्दौडबाट छुटकरा पाउन चाहन्छन् । उनले भने ‘धेरै बसियो विदेश, अब देशमा गएर पुनः केही गर्छु । सायद यता काम गर्ने यो नै अन्तिम वर्ष हुन्छ होला । अर्कों नयाँ वर्षमा नयाँ सपना बुन्दै जागिरबाट राजिनाा दिएर स्वदेश फर्किन्छु ।’  
     
    कृष्णले धेरै ठुलो सपना देखेका छैनन् । उनी गाउँमा गइ  कृषि फार्म गरेर छोरीहरुलाई धेरै पढाउने रहर छ । बिहान बेलुका परिवारको साथमा मिठो मसिनो खान चाहन्छन् । चार्डपर्व आउँदा एकसारो नयाँ कपडा परिवारलाई दिन चाहन्छन । उनी भन्छन् ‘परदेशीको जीवन पनि भोगियो । लाग्छ, अब कति बस्नु यो परदेशमा । अब स्वदेश फर्केर आफ्नै गाउँठाउँमा केही गर्न मन छ । कुटो कोदालो गरेर आफ्नै बाँझिएका खेतबारीमा अनेकथरी अन्नपात फलाउन मन छ ।’ छोरी पढाउने सपना बोकेर नयाँ जोँस र जाँगर सहित नेपाल फर्किन लागेका कृष्णले सुरु गर्ने कृषि फार्मले सफलता पाओस्, शुभकामना ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।