Logo

२०८३, श्रावण ३०गते


images
images

समुन्द्रपारि

अष्ट्रेलियाको विकास देख्दा देशको भ्रष्टाचार सम्झन्छन् अस्मित

अष्ट्रेलियाको विकास देख्दा देशको भ्रष्टाचार सम्झन्छन् अस्मित

images
  • अष्ट्रेलियाको विकास देख्दा देशको भ्रष्टाचार सम्झन्छन् अस्मित
    images
    images

    संसारका हरेक व्यक्ति अभिव्यक्त हुन चाहन्छन् । कतिले अभिव्यक्त हुने बाटो भेटाउछ्न् त कतिको बाटो खोज्दा खोज्दै जिन्दगी सकिन्छ । कुनै न कुनै कला र क्षमता मार्फत पोखिने मानिसको निकै बाक्लो भिड छ दुनियाँमा । तर पोखिनु मात्र ठूलो कुरा हैन, ठूलो कुरा त मानिसको हृदयमा पोखिन सक्नु हो । यसरी मानिसका मनका कुरा र भोगाइका कहानीलाई कविता बनाएर मनभित्र पस्न सक्ने, समयले सात समुन्द्रपारि पुर्याइएका तर आफ्नै माटोमा रम्न चाहाने एक कवि हुन् - देवदहका अस्मित रेग्मी ।

    images
    images
    images

    समुन्द्रपारिबाट परिचय गराउँदा गौतम बुद्धको जन्मस्थल लुम्बिनीदेखि ३५ किलोमिटर उत्तर पूर्वमा पर्ने बुद्धको मावलीस्थल देवदह जसले बुद्ध माता यसोधारालाई जन्मायो, त्यहीं जन्मिएका एक पात्र हुन् - अस्मित । वि. सं. २०५८ सालमा पिता चन्द्रकान्त रेग्मी र माता रूपा रेग्मीको कोखबाट पहिलो सन्तानको रूपमा जन्मिएका अस्मितले २०७५ मा देवदह कै सगरमाथा आवासीय माध्यमिक विद्यालयबाट कक्षा एसइई उत्तीर्ण गरे । तत्कालिन व्यास प्राथमिक विद्यालयमा कक्षा ४ मा पढ्दापढ्दै कपिलबस्तुको एक बोर्डिङ्गमा पुन: कक्षा २ मा भर्ना भएका अस्मित एक वर्ष मै कपिलवस्तु छोडेर देवदह कै ग्रीन प्लान्ट आवासिय माध्यमिक विद्यालयमा भर्ना भए । अहिले कविको रूपमा जुन पहिचान उनको बनेको छ, त्यसको अंकुरण ग्रीन प्लान्ट माविमै भएको उनी बताउँछन । आफुलाई साहित्यमा डोहोर्याउने तत्कालिन अवस्थामा ग्रीन प्लान्टका शिक्षकद्वय शोभा बस्याल र युवराज लामिछाने रहेको उनको भनाई छ । कविता, तीज गीत हुँदै साहित्यमा होमिएका अस्मित कक्षा ७ मा सगरमाथा माविमा भर्ना भएर त्यहींबाट एसइई उत्तीर्ण गरे ।

    images
    images
    images

    ग्रीन प्लान्ट मै साहित्यको मोह पसिसकेको उनलाई सगरमाथाले पनि मलजल गरिरह्यो । कक्षा ७ मा भर्ना भएका उनी विद्यालयमा हुने साहित्यिक र हाजिरी जवाफका कार्यक्रममा पनि सधै अग्रस्थानमै रहन्थे । कक्षा ७ मा पढ्दा नै उनले उपन्यास लेख्न थाले । उनको उपन्यास 'आरोह' लेखन त्यहींबाट सुरु भयो । जसलाई उनले कक्षा १० मा पढ्दै गर्दा प्रकाशित गरे । जसमा प्रकाशनको दायित्व देवदह कै युगीन साहित्य समाजले लियो भने सगरमाथा माविले समेत केही आर्थिक सहयोग गरेको उनी बताउछन् । १३६ पृष्ठको आरोह उपन्यासमा आस्तिक र नास्तिक जीवनबारे चर्चा छ ।

    images
    images
    images

     

    विदेश पस्ने निर्णय गरेका उनी डकुमेन्टेसनको काममा लागे । सरकारी कार्यालयमा  डकुमेन्टेसनको काम गर्दा उनले यति हैरानी र अपमान सहनुपर्यो कि एकपटक विदेश गएर नेपालमै फर्किनुपर्छ भन्ने उनको सोंच समेत बदलिन थाल्यो । विदेश जानेक्रममा सरकारी निकायले दिएको दु:ख सम्झिदै उनी भन्छन्,  "हाम्रो सरकारी कर्मचारी र उनीहरूको सिस्टम यति गैरजिम्मेवार, भ्रष्ट र अमानविय छ नि, त्यो सारा दु:ख र झमेला सम्झिदा एकपटक पनि नेपाल फर्किन मन लाग्दैन ।" 

    साहित्यमा विजय कुमारको उपन्यास खुसीसंगै बुद्धि सागर, सुविन भट्टराई लगायतका कृतिहरू उनका प्रेरणाका स्रोत बने । उनका फिजिक्स, अष्ट्रेलियाको ट्रेन लगायतका कविता चर्चित छन् ।

    काठमाडौंको गोल्डेन गेट कलेजबाट कक्षा १२ उत्तीर्ण गरेका उनी इन्जिनियर बनेर देशमै सेवा गर्न चाहन्थे तर उनी रोकिन सकेनन् । यतिवेला उनी अष्ट्रेलिया पुगेका छन् ।

    साथी सर्कलले विदेश

    अस्मित नेपालमै इञ्जिनियरिङ्ग गरेर इन्जिनियरको रूपमा देशमै काम गर्न चाहन्थे ।  उनका मामा पनि इन्जिनियर भएकोले पनि उनलाई मामाजस्तै बन्ने रहर थियो । तर १२ पास भएका उनका साथी सबैजसो विदेशिन थाले । देशमा बसेर काम नै छैन, देशमै बस्ने भएपनि विदेशमा कमाएर आएर मात्रै बस्नुपर्छ भन्ने साथीहरूको सुझाबले उनलाई एकपटक देश छोड्ने तहमा पुर्यायो ।

    विदेश पस्ने निर्णय गरेका उनी डकुमेन्टेसनको काममा लागे । सरकारी कार्यालयमा  डकुमेन्टेसनको काम गर्दा उनले यति हैरानी र अपमान सहनुपर्यो कि एकपटक विदेश गएर नेपालमै फर्किनुपर्छ भन्ने उनको सोंच समेत बदलिन थाल्यो । विदेश जानेक्रममा सरकारी निकायले दिएको दु:ख सम्झिदै उनी भन्छन्, "हाम्रो सरकारी कर्मचारी र उनीहरूको सिस्टम यति गैरजिम्मेवार, भ्रष्ट र अमानविय छ नि, त्यो सारा दु:ख र झमेला सम्झिदा एकपटक पनि नेपाल फर्किन मन लाग्दैन ।"

    बाबा रोएको देखेपछि आशुँ रोकिएन 

    विदेश जान पासपोर्ट बनाए । अष्ट्रेलियाको लागि संगै आवेदन दिएका ४ जना मध्ये उनको मात्रै भिसा लाग्यो । यतिबेलासम्म उनी खुसी थिए ।  उनलाई सामान्य नै लागिरहेको थियो । घरबाट टिका लगायर विदा गर्दासम्म पनि उनलाई राम्रै लागिरहेको थियो । तर जब काठमाडौं जान देवदहबाट गाडी चढे, सुटकेस गाडीमा राखेर गाडीको सिटबाट बाहिर हेरेका उनले बाबा रोएको देखे । कहिल्यै बाबाको आखामा आशुँ नदेखेका उनले पहिलो पटक बाबा भक्कानो छाडेर रोएको देखेका थिए । त्यो रात काठमाडौं नपुग्दासम्म उनी रोए । हजार प्रयत्न गर्दा पनि उनको मनले मानेन, आशुँ रोकिएन ।

    जब काठमाडौं जान देवदहबाट गाडी चढे, सुटकेस गाडीमा राखेर गाडीको सिटबाट बाहिर हेरेका उनले बाबा रोएको देखे । कहिल्यै बाबाको आखामा आशुँ नदेखेका उनले पहिलो पटक बाबा भक्कानो छाडेर रोएको देखेका थिए । त्यो रात काठमाडौं नपुग्दासम्म उनी रोए । हजार प्रयत्न गर्दा पनि उनको मनले मानेन, आशुँ रोकिएन ।

    त्यो पलको अनुभूति सुनाउँदै उनी भन्छन्, "मलाई लाग्यो म त धेरै टाढा जादैछु, मैले सबथोक छोडेर जादैछु । मैले मेरो खुसीको लागि बाबालाई रुवाएको छु । मैले कतै गल्ती त गरिन ! भन्ने लाग्यो । मैले आफैले आफैलाई कयौं प्रश्न सोधें र आफै जवाफ दिएँ, तर मलाई मेरो जवाफले चित्त बुझेन । रातभरि रोएँ ।"

    दैनिक १६-१७ घण्टा काम, 'होमसिक' र अष्ट्रेलियाको ट्रेन

    उनको अष्ट्रेलिया जानुको एउटै उद्देश्य थियो - पढ्ने, पैसा कमाउने धनी भएर नेपाल फर्किने । अष्ट्रेलिया टेकेको केही दिनमै उनी आफ्नो योजना पछ्याउन थाले । एकातिर कलेज अनि अर्कोतिर काम ।  उनले दैनिक १६-१७ घण्टासम्म काम गरे । उनले न खानपिनको ख्याल गरे, न निद्रा नत थकाइको नै प्रवाह गरे । अस्मित कामदेखि कामसम्म नै लागिरहे । जसको पछाडि एउटै कारण थियो - 'जतिसक्यो छिटो ऋण तिर्ने, टन्न पैसा कमाउने र आरामको जिन्दगी जिउनॆ ।'

    यसरी उनले करिव ३ महिनासम्म यसरी नै आफूलाई काममा समर्पित गरिरहे । जसले उनलाई शारीरिक रूपमा त कमजोर बनायो नै मानसिक रूपले पनि  स्वस्थ रहेनन् । उनलाई परिवारको यादले सतायो । यस्तो भयो कि उनको मस्तिष्कमा घर, परिवार र देशबाहेक केही आएन ।  उनी भन्छन्, "मलाई 'मेन्टल सिक्नेश' भयो, अझै भनौ, 'होमसिक' भयो, त्यो पल सार्है गाह्रो भयो ।" त्यसपछि उनले एउटा कविता लेखे – अष्ट्रेलियाको ट्रेन' ।  जसमा अष्ट्रेलियामा अध्ययन भिसामा  नेपाल र नेपालजस्ता देशबाट गएका मान्छेले भोगेका कहानी समेटिएको छ । अष्ट्रेलियाको ट्रेनले उनलाई विश्वभर रहेका नेपालीमा माझ एकैचोटी परिचित गराईदियो । किनकि नेपालबाट अध्ययन भिसामा अष्ट्रेलिया, अमेरिका वा युरोपका देशमा जहाँ गएपनि सबैले भोग्ने भोगाइ उही थियो, जुन उनले कवितामा जस्ताको तस्तै व्यक्त गरेका छन् ।

    अस्ट्रेलियाको ट्रेन कविता लेखेका अस्मित त्यहाँ पुगेको ३ महिनामै टिकट काटेर छ महिना नपुग्दै नेपाल फर्किए । विद्यार्थी भिसामा त्यहाँ पुगेको नेपाली विना कुनै इमर्जेन्सी सम्भवत: त्यति छोटो समयमा नेपाल फर्किदैनन्, तर अस्मित फर्किए । 'पैसा सबैथोक होइन रहेछ, परिवार अनि देशको माया पो ठूलो रहेछ' आज उनको सपना बदलिएको छ ।

    उनी भन्छन, "यहाँ सबथोक छ, हरेक चिज व्यवस्थित छ । आफ्नै आखाँले अष्ट्रेलियाको विकास देख्दा र सात समुन्द्रपारिबाट आफ्नो देशको राजनीति, कर्मचारीतन्त्र र भ्रष्ट परिपाटी सम्झिदा भक्कानो छुट्छ । म देश सम्झिएर कैयौं पटक रोएको छु । मलाइ लाग्छ, विदेशमा रहनुहुने लाखौँ नेपाली दाजुभाई, दिदिबहिनीहरू कोही हुनुहुन्न, जो देश सम्झेर रूनुहुन्न ।"

    अष्ट्रेलिया पुगेर क्लिनिङ्ग कामबाट रोजगारी सुरू गरेका उनी अहिले पनि काम गर्छन तर पहिले भन्दा अलि कम । ६-६ महिनामा नेपाल आउछन । उमेरले २२ वर्ष पुगेका उनी अब परिपक्क हुदैछन र व्यवस्थित जीवनको मज्जा लिईरहेका छन् । त्यतिमात्र होइन, अहिले अस्मितले हरेक हप्ता विभिन्न व्यक्ति र संस्थालाई १० हजार सहयोग गर्छन्  ।

    "मैले देश वा मलाई देशले छोडेको होईन  । म र मजस्ता लाखौं युवालाई देशको भ्रष्टाचारले लखेटेको हो  । छिटो प्रगति गर्न हिडेको हुँ, मलाई देशको माया नलागेर हिडेको होइन  । निश्चित समयपछि फर्किएर देशमै रमाउने चाहाना छ । परिवारसंगै बस्ने रहर छ ।" उनी भन्छन, “यहाँ सबथोक छ, हरेक चिज व्यवस्थित छ । आफ्नै आखाँले अष्ट्रेलियाको विकास देख्दा र सात समुन्द्रपारिबाट आफ्नो देशको राजनीति, कर्मचारीतन्त्र र भ्रष्ट परिपाटी सम्झदा भक्कानो छुट्छ । म देश सम्झिएर कैयौं पटक रोएको छु । मलाइ लाग्छ, विदेशमा रहनुहुने लाखौँ नेपाली दाजुभाई, दिदिबहिनीहरू कोही हुनुहुन्न, जो देश सम्झेर रुनुहुन्न ।"

    अष्ट्रेलियाबाट सेतोमसीको समुन्द्रपारि टिमसंग कुरा गर्दै अस्मित भन्छन्, "मेरो देश पनि यस्तै व्यवस्थित र विकसित भैदिएको भए, न बाबालाई रुवाउँदै म अष्ट्रेलिया आउनु पर्थ्यो, नत देश र परिवार सम्झेर म र मजस्ता लाखौँ युवा विदेसमा रुनु पर्थ्यो ।"

    मामा मिष्ठान्न हाक्न चाहान्छन् अस्मित

    सूचना प्रविधी विषयमा अध्ययन गरिरहेका अस्मित पढाई सकाएर पुँजी र अनुभव सहित उनी नेपाल फर्किन चाहान्छन् । उनलाई नेपाल आएर सूचना प्राविधीसंग सम्बन्धित कार्यमा रमाउन मन छ  । साथै आफ्नै आधा दशकदेखि परिवारले संचालन गरिरहेको मामा मिष्ठानलाई अझै विस्तार गरेर संचालन गर्ने उनको चाहाना छ  । आफु आर्थिक रूपमा सबल हुने र आफ्नो परिवारका सदस्य बाहेकलाई पनि रोजगार दिएर आफ्नो कारण अरू कसैको घरमा चुलो बलेको हेरेर खुसी हुन मन छ – अस्मितलाई ।   

    आफु आर्थिक रूपमा सबल हुने र आफ्नो परिवारका सदस्य बाहेकलाई पनि रोजगार दिएर आफ्नो कारण अरू कसैको घरमा चुलो बलेको हेरेर खुसी हुन मन छ – अस्मितलाई ।

    अष्ट्रेलियाबाट ६-६ महिनामा नेपाल पुगेर बुबा आमालाई छोरा अष्ट्रेलिया हैन, काठमाडौंमै भएको महसुस गराउन चाहाने अस्मित र अस्मित जस्ता उर्जावान युवाहरू विदेशमा सिकेको ज्ञान, कमाएको पुँजी र अनुभव सहित देश फर्कुन् र देशको समृद्धिको पिलर बनेर खडा होउन् ।  शुभकामना ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।