तिलोत्तमा । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का नेता तथा तिलोत्तमा वार्ड नम्बर ८ का पार्टी सचिव सागर न्यौपानेमाथी साउन २४ गते राती ९ बजे सामुहिक कुटपिट भएको सो पार्टीले जनाएको छ ।
एक प्रेस विज्ञप्ति जारी गर्दै माओवादी केन्द्र तिलोत्तमा वडा नं. ९ ले साउन २४ गते साँझ ९ बजेर २० मिनेटको समयमा स्थानीय दिपक खनाल, गोकुल खनाल, राहुल रेग्मी, युवराज रिमाल लगायतको समूहले न्यौपानेमाथी कुटपिट गरि हात भाँची दिएको भन्दै कारवाहिको माग गरेको छ ।
बिनाकारण गुण्डाशैलीमा कुटपिट गरिको भन्दै कुटपिटमा संलग्न दोषीहरुलाई कानुनी दायरामा ल्याई प्रशासनिक निकायबाट कडा कार्बाही गर्न सो पार्टीले माग गरेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology