Logo

२०८३, श्रावण ३०गते


images
images

अपराध

बझाङमा कुटपिटबाट एक जनाको मृत्यु, संलग्न एक जना पक्राउ

बझाङमा कुटपिटबाट एक जनाको मृत्यु, संलग्न एक जना पक्राउ

images
  • बझाङमा कुटपिटबाट एक जनाको मृत्यु, संलग्न एक जना पक्राउ
    images
    images

    बझाङ । बझाङको दुर्गाथली गाउँपालिका-३ रकेल स्थित श्री भगवती आधारभूत विद्यालयमा सामान्य विवादपछि भएको कुटपिट घटनामा घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

    images
    images
    images

    असार १९ गते बिहान करिब ११: ३० बजे विद्यालयका शिक्षक ५० वर्षीय मदन धामी र स्थानीय २५ वर्षीय सन्तोष धामीबीच सामान्य विवाद हुँदा कुटपिट भएको थियो । घटनामा शिक्षक मदन धामी टाउकोमा चोट लागेर घाइते भएका थिए ।

    images
    images
    images

    कुटपिट छुट्याउन गएका सन्तोषका बुवा ५८ वर्षीय गगन धामी पनि टाउकोमा चोट लागेर घाइते भएका थिए । दुवै घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल बझाङ लगिएको थियो ।

    images
    images
    images

    उपचारपछि शिक्षक मदन धामी सोही दिन साँझ अस्पतालबाट डिस्चार्ज भएका थिए भने गम्भीर घाइते गगन धामीलाई थप उपचारका लागि धनगढी स्थित सेती प्रादेशिक अस्पताल पठाइएकोमा असार २० गते बिहान करिब १०:१५ बजे उपचारकै क्रममा मृत्यु भएको हो ।

    पछि अनुसन्धानको क्रममा कुटपिटमा संलग्न रहका बझाङ दुर्गाथली गाउँपालिका-३ बस्ने २८ वर्षीय सिंहराज धामीलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कुटपिट
  • # पक्राउ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।