Logo

२०८३, श्रावण ३०गते


images
images

गुटबन्दीकै कारण पार्टीले ठूलो धक्का खाएको छ : माधव नेपाल

गुटबन्दीकै कारण पार्टीले ठूलो धक्का खाएको छ : माधव नेपाल

images
  • सेतोमसी सहकर्मी
  • गुटबन्दीकै कारण पार्टीले ठूलो धक्का खाएको छ : माधव नेपाल
    images
    images

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीमा गुटबन्दी नहुने बताएका छन् ।

    images
    images
    images

    अध्यक्ष नेपालले पार्टीको दशौं राष्ट्रिय महाधिवेशनमा नेता, कार्यकर्ताहरुबीच भेटघाट हुने, छलफल हुने कुरालाई स्वभाविक रुपमा लिनुपर्ने बताएका हुन्।

    images
    images
    images

    पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको सन्दर्भ पारेर शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीका सबै नेता, कार्यकर्ताले महाधिवेशनलाई एकतावद्ध भएर सम्पन्न गर्ने संकल्प लिएको समेत बताए।

    images
    images
    images

    उनले भने ‘गुटबन्दीकै कारण कम्युनिस्ट पार्टीले धेरै ठूलो धक्का खाएको छ, अब गुटबन्दी हुँदैन। हामीले महाधिवेशनलाई एकतावद्ध भएर सम्पन्न गर्ने संकल्प गरेका छौं । नेता, कार्यकर्ताहरू त्यही दिशामा अघि बढिरहनुभएको छ ।’

    भोलिबाट हुने पार्टीको दशौँ महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको बताएको छ। महाधिवेशनमा १८४७ प्रतिनिधि सहभागी हुने बताइएको छ । 

    महाधिवेशनको उम्मेदवार बन्नका लागि नेकपा एकीकृत समाजवादीले न्यूनतम मापदण्डसमेत तोकेको छ।

     महाधिवेशनमा अध्यक्ष पदका लागि पार्टी अध्यक्ष माधव नेपाल सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्यास भुसाल पनि दाबेदार छन्।

    तर नेपालको पक्षमा सहमति जुटाउने प्रयास भइरहेको नेपाल पक्षहरूका नेताहरूको भनाइ छ। यता झलनाथ खनालले आफू अध्यक्ष नभए महासचिव भुसाललाई सहयोग गर्ने समेत कुरा चलेको छ। 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # माधव नेपाल
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।