Logo

२०८३, श्रावण ३०गते


images
images

एकीकृत समाजवादीमा सर्वसम्मत नेतृत्व चयन हुन्छ : माधव नेपाल

एकीकृत समाजवादीमा सर्वसम्मत नेतृत्व चयन हुन्छ : माधव नेपाल

images
  • सेतोमसी सहकर्मी
  • एकीकृत समाजवादीमा सर्वसम्मत नेतृत्व चयन हुन्छ : माधव नेपाल
    फाइल फोटो
    images
    images

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सर्वसम्मत नेतृत्व चयन हुने बताएका छन् ।  बिहीबार काठमाडौँस्थित एक होटलमा पार्टीका शीर्ष तहका नेताहरूसँग छलफल गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् । 

    images
    images
    images

    पार्टीको महाधिवेशनमा महासचिव घनश्याम भुसालले अध्यक्षमा दाबी गरिरहेका बेला भएको छलफलपछि सहमतिबाटै नेतृत्व टुङ्गो लाग्ने निष्कर्षमा पुगेको न्युज एजेन्सी नेपालसँगको कुराकानीमा अध्यक्ष नेपालले दाबी गरे । 

    images
    images
    images

    ‘छलफल चलिरहेको छ । सर्वसम्मत नेतृत्व चयन हुन्छ । पहिलो महाधिवेशन हुँदैछ, दोहोरिने होइन ।’ अध्यक्ष नेपालले महाधिवेशन पार्टीको पहिलो भएकाले अध्यक्षमा दोहोरिने नभई नयाँ नेतृत्व चयन हुने बताए । 

    images
    images
    images

    गत असार १६ गतेबाट जारी दसौँ महाधिवेशनको आज अन्तिम दिन हो । आज नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ । तर नेताहरूको जोड सहमतिमा नेतृत्व छान्ने भए पनि प्रतिनिधिहरूले अध्यक्ष र महासचिव पदमा बाहेक निर्वाचन हुनुपर्ने बताउँदै आएका छन् । बुधवार बेलुकादेखि नेताहरूबिच नेतृत्वमा सहमति जुटाउन छलफल भइरहेको छ ।

    अध्यक्षमा दाबी गरेका भुसाललाई नेपालले महासचिवमा रहन प्रस्ताव गरे पनि उनले अधिकारसहितको पद खोजिरहेको बुझिएको छ । अन्ततः भुसाललाई महासचिव नभए वरिष्ठ उपाध्यक्षमा मनाउने प्रयास जारी रहेको नेताहरूले बताएका छन् ।

    यसअघि नेता राजेन्द्र पाण्डेले वरिष्ठ उपाध्यक्षमा दाबी गर्दै आएका थिए । भुसाल वरिष्ठ उपाध्यक्षमा सहमति जुटे पाण्डेलाई उपाध्यक्ष वा वरिष्ठ नेता राख्ने विकल्पमा छलफल भइरहेको बुझिएको छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # माधव नेपाल
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।