Logo

२०८३, श्रावण ३०गते


images
images

कोपा अमेरिका : अर्जेन्टिना फाइनलमा

कोपा अमेरिका : अर्जेन्टिना फाइनलमा

images
  • सेतोमसी सहकर्मी
  • कोपा अमेरिका : अर्जेन्टिना फाइनलमा
    images
    images

    काठमाडौं । अर्जेन्टिना कोपा अमेरिका कप फुटबलको फाइनल प्रवेश गरेको छ । बुधबार बिहान भएको खेलमा क्यानडलाई २-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना फाइनल पुगेको हो ।

    images
    images
    images

    खेलको २३औं मिनेटमै जुलियन अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए। उनले रोड्रिगो डे पाउलको पासलाई सदुपयोग गरेका थिए

    images
    images
    images

    खेलको ५१औं मिनेटमा एन्जो फर्नान्डेजको पासमा कप्तान लियोनल मेसीले गोल गर्दै अग्रता दोब्बर बनाएका हुन् । प्रतियोगितामा मेसीको यो पहिलो गोल हो ।

    images
    images
    images

    अब अर्जेन्टिनाले उपाधिका लागि उरुग्बे र कोलम्बियाको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

    यो गोलसँगै मेसीले अर्जेन्टिनाका लागि सर्वाधिक १०९ गोल गरेका छन् । मेसीले सहभागीता जनाएका ६ वटा कोपा अमेरिका प्रतियोगितामा गोल गरेका छन् । मेसीले २००७ देखि अहिलेसम्म ६ वटा कोपा अमेरिकामा गोल गरेका हुन् । २००७, १०१५, २०१६, २०१९, २०२१ र २०२४ मा गोल गर्न सफल भएका हुन् ।

    अर्जेन्टिनाका लागि १०९ गोल गरेका मेस्सी देशका लागि गोल गर्ने पोर्चुगलका क्रिष्टियानो रोनाल्डोपछि दोस्रो नम्बरमा छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कोपा अमेरिका
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।