देवदह । रूपन्देहीको देवदहमा अवस्थित निर्माण बहुउद्धेश्यीय सहकारी संस्थाले सदस्यलाई विरुवा वितरण गरेको छ । सोमबार एक कार्यक्रमबीच सहकारीले फलफूल तथा डालेघाँसका विरुवा वितरण गरेको संस्थाका व्यवस्थापक सुशीला भण्डारीले जानकारी दिइन ।
सहकारीको बार्षिक कार्यक्रम अन्तरगत सदस्यलाई १ हजार १५६ वटा विरुवा वितरण गरिएको सहकारीका अध्यक्ष मोतिलाल ढकालले बताए । सहकारीका सदस्यहरूको आवश्यकता अनुसार विरुवा वितरण गरिएको र आवश्यकताका आधारमा निरन्तर वितरण गरिने अध्यक्ष ढकालको भनाइ छ ।
वितरित विरूवाहरूमा सुनकागती, अमला, कल्की फूल, अम्बा, बेल्चन, चिउरी, र टाकी लगायतका डालेघाँस रहेका छन् ।
सहकारीले राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति बुटवल कार्यालयबाट प्राप्त गरेका विरुवा आफ्ना सदस्यलाई निशुल्क वितरण गरेको हो ।
विरुवा वितरण कार्यक्रममा देवदह नगरपालिका वडा नं ८ का वडा अध्यक्षसहित स्थानीय सहकारी अभियन्ताहरूको उपस्थिति रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology