Logo

२०८३, श्रावण ३०गते


images
images

सहकारी

निर्माण सहकारीद्धारा बिमा दावी रकम भुक्तानी

निर्माण सहकारीद्धारा बिमा दावी रकम भुक्तानी

images
  • निर्माण सहकारीद्धारा बिमा दावी रकम भुक्तानी
    images
    images

    देवदह । देवदहस्थित निर्माण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्ना शेयर सदस्य गोकर्ण देवकोटाको परिवारलाई बिमा वापतको रकम हस्तान्तरण गरेको छ । आज एक कार्यक्रमका विच संस्थाका अध्यक्ष मोतिलाल ढकालले मृतककी श्रीमती हिमादेवी देवकोटालाई मृत्युपछिको बिमा रकम हस्तान्तरण गरेका हुन् । 

    images
    images
    images

    वैदेशिक रोजगारीको क्रममा ओमान पुगेका देवकोटाको सवारी दुर्घटनामा ज्यान गएपछि सहकारी संस्थाले पाँच लाख रुपैयाँको दुर्घटना बिमा वापतको रकम श्रीमती देवकोटालाई प्रदान गरेको हो ।

    images
    images
    images

    देवकोटाको २०८१ साल चैत १९ गते ओमानमा सवारी दुर्घटनामा परी मृत्यु भएको थियो । सहकारी संस्थाले आफ्ना हरेक शेयर सदस्यको पाँच लाख रुपैयाँ बराबरको दुर्घटना बिमा गरिदिने नीति अनुसार उक्त रकम हस्तान्तरण गरिएको हो ।

    images
    images
    images

    संस्थाका व्यवस्थापक सुशिला भण्डारीका अनुसार निर्माण सहकारीले १५७६ जना सदस्यहरूको नियमित रूपमा दुर्घटना बिमा गराउँदै आएको छ  ।  बिमाको दाबी प्रक्रिया सरल र प्रभावकारी बनाउँदै संस्थाले असमयमा ज्यान गुमाउने सदस्यका परिवारलाई राहत दिने व्यवस्थापमक भण्डारीले उल्लेख गरिन् । 

    बिमा रकम हस्तान्तरण कार्यक्रममा सहकारीका पदाधिकारी, सदस्य, र पीडित परिवारका आफन्त लगाएत सहभागी थिए  । कार्यक्रममा सहभागीहरूले दुर्घटनामा परि संस्थाको सदस्यले ज्यान गुमाएपनि बिमा रकमबाट परिवारलाई राहत मिल्ने भएकाले सहकारीका बीमाजन्य सेवाहरू अझ सशक्त बनाइनुपर्ने धारणा व्यक्त गरे ।

    निर्माणले सदस्यहरूको आर्थिक तथा सामाजिक सुरक्षाका लागि बीमा, स्वास्थ्य, ऋण, तालिम तथा अन्य सेवा सुविधालाई व्यवस्थित रूपमा सञ्चालन गर्दै आएको जनाएको छ  । संस्थाले आगामी दिनमा सदस्यहरूको हित संरक्षणलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता पनि दोहोर्याएको छ  ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # निर्माण सहकारी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।