Logo

२०८३, श्रावण ३०गते


images
images

निर्माण सहकारीद्वारा देवदहमा निर्मित कृषि उपज संकलन केन्द्र उद्घाटन

निर्माण सहकारीद्वारा देवदहमा निर्मित कृषि उपज संकलन केन्द्र उद्घाटन

images
  • निर्माण सहकारीद्वारा देवदहमा निर्मित कृषि उपज संकलन केन्द्र उद्घाटन
    images
    images

    देवदह ।  देवदह नगरपालिकास्थित निर्माण बहुउद्धेशीय सहकारी संस्थाद्वारा निर्मित कृषि उपज संकलन तथा सेवा केन्द्रको उद्घाटन गरिएको छ। शनिबार एक कार्यक्रमबीच लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले केन्द्रको उद्घाटन गरे। 

    images
    images
    images

    कार्यक्रममा बोल्दै सभामुख घर्तिमगरले सहकारीहरू सहकारीको स्थापित मान्यताबाट विमुख हुन नहुनेमा जोड दिए। केहि सहकारीका व्यवस्थापकहरूमाथि आर्थिक हिनामिनाको आरोप लागेको प्रसंग उल्लेख गर्दै सभामुख घर्तीमगरले जनताको लगानीको सुरक्षा र सामुहिक उत्पादनमा सहकारीहरूले जोड दिनुपर्ने बताए। केहि निजि फार्म संचालकहरूले 'फाइल कृषि' गरिरहेको बताउदै सभामुख घर्तीमगरले बास्तविक रूपमा माटोसंग खेल्ने 'सोइल कृषक'ले राज्यबाट अनुदान पाउनुपर्ने धारणा व्यक्त गरे। 

    images
    images
    images

    सो अवसरमा बोल्दै देवदह नगरपालिकाका प्रमुख धुर्व प्रसाद खरेलले नगरपालिकाले कृषिको उत्पादन र बजारीकरणमा ध्यान दिईरहेको बताए।  उनले भने, 'हामीले शितभण्डार निर्माण गर्दैछौं, यहाँको उत्पादनलाई बढाउँन र त्यसलाई सुरक्षित राखेर बजारमा पुर्याउन यसले महत्वपुर्ण भूमिका खेल्ने छ।" देवदहको उत्पादन बिक्रि गर्न निर्माण गरिएको कोशेली घर केहि महिनामै उद्घाटन गर्न गैरहेको उल्लेख गर्दै नगरप्रमुख खरेलले त्यसले देवदहमा कृषिको बजारीकरणमा महत्वपुर्ण भूमिका खेल्ने बताए। 

    images
    images
    images

    त्यसैगरि कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश कृषि विकास निर्देशनालयका निर्देशक राम प्रसाद पाण्डेले कृषिको विकास बिना देशको विकास सम्भव नहुने दावी गरे।  देशमा बहुसंख्यक नागरिक कृषिमा आवद्ध रहेपनि उनीहरूले प्रयाप्त आम्दानी गर्न नसकेको उल्लेख गर्दै निर्देशक पाण्डेले कृषिकर्म गरेर कमाउन सक्ने तहमा यहाँका कृषकलाई उठाउनुपर्ने धारणा व्यक्त गरे। 

    कार्यक्रममा देवदह नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष हरि पाण्डे, जिल्ला सहकारी बोर्डका सदस्य प्रमोद खनाल लगायतले आफ्नो भनाई राखेका थिए। 

    सो अवसरमा सहकारीद्वारा प्रकाशित भित्ते पात्रो समेत सार्वजनिक गरिएको थियो।  

    सहकारीका अध्यक्ष मोतिलाल ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष सुन्दरी गिरिको स्वागत र सचिव सुभचन्द्र भुसालको सन्चालन रहेको थियो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।