रेशम अधिकारी अशोक ,काठमाडौं । त्रिभुवन विश्वविद्यालय रत्न राज्यलक्ष्मी क्याम्पस प्रदर्शनीमार्ग, काठमाडौंको ६१औँ वार्षिक उत्सव अनलाइन माध्यय मार्फत सम्पन्न भएको छ । त्रिभुवन विश्वविद्यालयका उप कुलपति प्रा.डा. धर्मकान्त बास्कोटा प्रमुख आतिथ्यतामा, रत्न राज्यका क्याम्पस प्रमुख डा.जीवनधर ज्ञवाललीको अध्यक्षता र त्रि.वि. मानविकी तथा सामाजिक शास्त्र संकायका डीन प्रा.डा. कुशुम शाक्यको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममालाई सम्बोधन गर्दै प्रमुख अतिथी, विशेष अतिथी तथा अतिथीहरुले क्याम्पसको विकास उन्नती र शैक्षिक अनुसन्धानका क्षेत्रमा सबैको हातेमालो रहनुपर्नेमा जोड दिएका छन ।
कार्यक्रममा त्रि.वि.पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका विभागिय प्रमुख प्रा.चिरन्जीवी खनाल, पूर्व क्याम्पस प्रमुखहरु प्रा.डा. रुद्र पौडेल, डा. निर्मला कुमारी सुवाल, नेपाल प्राध्यापक संघका महासचिव नरेन्द्र सिवाकोटी, त्रि.वि. प्राध्यापक संघ आर आर का उपसभापति सुनिल अधिकारी, प्रजातन्त्रवादी प्राध्यापक संघ आर आर इकाईका सभापति उद्वव सिग्देल, प्रगतिशील प्राध्यापक संघ आर आरका अध्यक्ष, विनोद कार्की मञ्जन, त्रि.वि. रत्न राज्यलक्ष्मी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष एवं त्रि.वि. सिनेटर तपेन्द्र बहादुर शाही, त्रि.वि. रत्न राज्यलक्ष्मी क्याम्पस कर्मचारी संघका सभापति राजन जोशी का अध्यक्ष नवराज थापा लगायतको उपस्थित रहेको थियो । 
दिवा सत्रका सहायक क्याम्पस प्रमुख डा. डोलराज काफ्लेको समापन र सहायक क्याम्पस प्रमुख प्रमिला विडारी सापकोटाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology