Logo

२०८३, श्रावण ३०गते


images
images

रुरुधामकाे एकमात्र बृद्धआश्रम समसयसंग जुद्दै

रुरुधामकाे एकमात्र बृद्धआश्रम समसयसंग जुद्दै

images
  • सेतोमसी सहकर्मी
  • रुरुधामकाे एकमात्र बृद्धआश्रम समसयसंग जुद्दै
    images
    images


    कृष्ण अन्जान गुल्मी 
    प्रसिद्ध रुरुधाम बुढेसकालकाे जीवन बिताउने ठाउँकाे रुपमा परापुर्व काल देखि परिचीत छ ।
    धेरै भक्तभक्तेनि हरुका सा साना कुटि हरु गण्डकीकाे तिरमा अझै देख्न पाइन्छ ।कताकति कुटिहरुमा अहिले पनि भक्त भक्तेनी बस्ने गरेका छन ।
    कालीगण्डकीकाे तटमा बसे मृत्यु   पछि मुक्ति मात्र हाेइन माेक्षकाे आशामा धेरै बुढा बा आमाले रुरुधाममा शरण लिएकाे पाइन्छ ।
    अहिले पनि विष्णु पन्जर लामाे चाैतारी माथि ठाडाे गल्ली तिर भक्त भक्तेनी हरु बस्ने गरेकै कारण याे क्षेत्रलाइ भक्तेनीटाेल भनिन्छ ।

    images
    images
    images

    पछिल्लो चरणमा भने यहि रुरुधाममा शरणमा आउने भक्त भक्तेनीका लागि सुविधा सम्पन्न वृदाश्रम सन्चालन पछि रुरुधाममा अाएर वस्न चाहने बा आमा लाई सजिलाे भएकाे छ ।
    रिडी बजारका जीवन कुमार कसजु र यहि वृद्धाश्रममा बस्ने बा आमाकाे स्याहार सम्भारमा खटिँदा एक छिन फुर्सद छैन ।

    images
    images
    images

    सबैभन्दा पुण्य बृद्धअबश्थाका बा आमाकाे सेवाले हुन्छ भनेर खटेकाे छु कसजुले भन्नु भयाे ।
    रिडीधामकाे एकमात्र वृद्धाश्रम मानव कल्याण वृद्धाश्रम  अर्खलेका टेक बहादुर कुवँर  ढिठ्ठाकाे पहलमा स्थापना भएकाे करिव डेढ दशक वित्दैछ ।त्यसाेत रिडीका दानविर पशुपति प्रसाद अामात्य केशर मान बजिमय जीवन कुमार कसजु तम्घासका वेद प्रसाद पदमपाणी पन्थी लगाएत का व्यक्तित हरु यस सँस्थाका सँस्थापक रहेकाे वृद्धाश्रम सन्चालक समिती का अध्यक्ष जीवन कुमार कसजुले बताउनु भयाे ।

    images
    images
    images

    दानवीर पशुपति प्रसाद अामात्यले दान गर्नु भएकाे जग्गामा बनेकाे  वृद्धाश्रमा वस्ने बा अामाका लागि वहाँकाे परिवारकाे पहलमा खाने खर्चकाे जाेहाे समेत गरिएकाे छ ।
    बृद्धाश्रम कै व्यवस्थापन मा रहने गरि बा अामालाइ दिवा सेवा केन्द्रकाे व्यवस्था छ र जस्का लागि भैरहवाका दानविर प्रकाश श्रेष्ठ  र महेश्वर श्रेष्ठले जग्गा दान गर्नु भएकाे छ ।

    वृद्धाश्रममा यतिबेला ५ जना बा आमा रहनुभएकाे छ ।र खाने बस्ने जिम्मा वृद्धाश्रमकाे भएपनि अार्थिक अभावका कारण बा अामाकाे देखभालका लागि हेरालाे काे व्यवस्थापनमा समस्या छ हेरालाे काे काम म र मेराे मेडम ले गरिरहेका छौँ कसजुले भन्नु भयाे ।
    बा आमा भाेकै नरहुन भनेर घरबाट राेटि तरकारी पकाएर लगेर खुवाएका छौँ वहाँकाे भनाइ छ ।


    कति पटक घरकाे पिडाले कालीगण्डकीमा हामफालेका बृद बृद्धालाइ उद्दार गरेर आश्रम मा ल्याएर पालेका कैयौँ उदाहरण छन ।
    राज्य बाट व्यवस्था भएकाे केही बजेटले बृद्धश्रमकाे भौतिक सुधार गरिएपनि दिगाेपनका लागि राज्य शँवेदनशिल हुनु जरुरी देखिएकाे छ  ।
    पछिल्लो चरणमा बृद्धअबश्थाका बा आमा प्रति छाेराछाेरी उदासिन रहेका छन यस्तो अवस्थामा बृद्धाश्रम काे व्यवस्थापनमा सरकारकाे ध्यान जानू जरुरी छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।