गुल्मी - गुल्मीको इन्द्रेगाैडा, छल्दी, रातडाडाँ सडकमा पहिरो जादाँ यात्रुहरुलाई यात्रा गर्न निकै कठिनाइ भएको छ । इन्द्रेडौडा, छल्दी, रातडाडाँ सडकखण्डमा पहिरो जादाँ निकै कठिनाइ भएको हो । जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर २ रातचौरमा वर्षाको समयमा पहिले देखी नै पहिरो जाने गर्दछ । तर सम्बन्धी निकायको समयमै ध्यान नजादाँ यात्रा गर्न निकै कठिनाइ भएको स्थानीय तथा यात्रुहरुले बताउछन ।
जिल्लाको विभिन्न ठाउँबाट सदरमुकाम तम्घास आउने मानिस पहिरो जादाँ बाटोमै अलपत्र समेत पर्ने गरेका छन् । जसले गर्दा यात्रुहरुलाई निकै कठिनाइ भएको छ । पहिरो गए पछि यातयातका साधान पनि आवतजावत गर्न असहज भएको छ । सडक पूर्वाधार कार्यालय गुल्मीबाट २९ लाखमा ठेक्का परेको थियो । ०७७÷०७८ को असार मसान्तमा भ्याउनु पर्ने भए पनि काम भने हुन सकेको छैन् ।
इन्द्रेडौडा, छल्दी, रातडाडाँ सडकको वाल लगाउने र पहिरो सफा गर्ने जिम्मेवारी स्र्टार बिन्दाबासिनि कन्ट्रक्सन तम्घास प्रा.लि ले लिएको छ । तर जिम्मेवारी पाएको कन्ट्रक्सन प्रा.लि.ले काम समयमै भ्याउन भने सकेको छैन् । किन काम समयमै हुन सकेन भर्ने प्रश्न गर्दा ठेकेदार लोकेन्द्र भण्डारीले बर्खाको सयमले गर्दा काम गर्न असहज भएको बताएका छन् ।
वाल लगाउने काम केही भएको र वाल लगाउने काम निरन्तर भइरहेको उनले बताएका छन् । तर पहिरो गएको समयमा आफूले इस्काभेटरको प्रयोग गरी पहिरो सफा गरी आवतजावतमा सहज गराएको बताएका छन् ।
पहिरो सफा गर्ने काम गरे पनि अहिले सम्म आफूले कुनै रकम नपाएको गुनासो गरेका छन् ।
उक्त सडकको जिम्मेवासी स्टार बिनान्दावासी कन्र्टसन प्रा.लि तम्घासले लिएको तर काम समयमै भ्याउन नसकेको जिल्ला समन्वय समिति गुल्मीका सदस्य राममल्ल ठकुरीले बताएका छन् ।आफूले बाराम्बार काम भ्याउन निर्देशन दिए पनि बर्खाको कारणले गर्दा काम हुन नसकेको टेकेदारबाट प्रतिक्रिया आएको उनले बताएका छन् । 
उक्त सडक हुदै मुसिकोट, इस्मा, बागलुङ्ग लगायतमा मानिसहरु यात्रा गर्ने गर्दछन् ।
-सुर्य सुनार गुल्मी
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology