रमेश बहादुर सिह, बझाङ – अविरल वर्षाका कारण आएको पहिरोले शनिबार देखि थुनिएको सानीगाड खोलाको ताल निकासीका लागि विस्फोटको तयारी गरिएको बझाङको बुगंल नगरपालिका ७ मा पहिरो गएपछि शुक्रबार दिउँसोबाट नदी थुनिएको थियो । पहिरोले थुनिएपछि सो क्षेत्रका दुई घर पुरिएका छन् भने खोलामा ताल परेको छ । ताल ओभरफ्लो भएर बगिरहेको छ ।
कालङ्गा र सानीगाड आसपासका दुई दर्जन भन्दा बढी गाउँहरु जोखिममा परेका छन् । यसका साथै नदीले बुगंल क्षेत्रका गाडको आसपासका क्षेत्रमा सयौ रोपनी खेतीयोग्य जमिन कटान गरेको छ भने सैयौं रोपनी जमिन जोखिममा परेका छन् ।
खोला थुनिएर बनेको तालले बस्ती नै जोखिममा परेपछि विस्फोट गराएर पानीलाई निकास दिन नेपाली सेनाको टोली सो स्थानमा पठाइएको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले जानकारी दिए । सानीगाड र कालङ्गा नदीको आसपासका बस्तीहरू जेखिम रहेकाले सचेत रहन पनि उनले आग्रह गरेका छन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology