Logo

२०८३, आश्विन ९गते


images
images

कुलमानले सुनाए तीन वर्षे प्रगति, ४७ अर्ब ४१ करोड सञ्चित नाफामा प्राधिकरण

कुलमानले सुनाए तीन वर्षे प्रगति, ४७ अर्ब ४१ करोड सञ्चित नाफामा प्राधिकरण

images
  • कुलमानले सुनाए तीन वर्षे प्रगति, ४७ अर्ब ४१ करोड सञ्चित नाफामा प्राधिकरण
    images
    images

    काठमाडौं ।  नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो दोस्रो कार्यकालको तीन वर्षे उपलब्धि सुनाएका छन् ।

    images
    images
    images

    शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले प्राधिकरण अहिले ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा रहेको बताएका छन् ।

    images
    images
    images

    उनले आठ वर्षअघि ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेकोको प्राधिकरण अहिले उल्लेख्य नाफामा गइसकेकको बताएका हुन् ।

    images
    images
    images

    ‘आठ वर्षअघि ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरण अहिले. ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा पुगेको छ,’ उनले पत्रकार सम्मेलनका क्रममा भने ।

    २०७८ साउन २५ गते प्राधिकरणको कार्यकारी निर्देशकमा दोस्रो कार्यकालका लागि नियुक्त भएको बताउँदै उनले सामुदायिकसहित ५९ लाख ६० हजार प्राधिकरणका ग्राहक रहेको जानकारी दिए ।

    आठ वर्षअघि पहिलो कार्यकालका लागि प्राधिकरणको प्रबन्ध निर्देशकमा नियुक्त हुँदा प्रतिवर्ष तीन अर्ब ३२ करोड युनिट विद्युत खपत हुने गरेकोमा अहिले प्रतिवर्ष १० अर्ब २३ करोड युनिट विद्युत खपत भइरहेको घिसिङले बताए ।

    प्राधिकरणको आफ्नै स्रोतबाट ठूलो मात्रामा लगानी भइरहेको पनि उनले बताए । सुकुम्बासी बस्ती, चेपाङ बस्ती र मुसहर बस्तीलगायत विपन्न वर्गको घरपरिवारमा विद्युत् पुर्‍याउन नि:शुल्क मिटरसमेत वितरण गरिएको उनले जानकारी दिएका छन् ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।