Logo

२०८३, श्रावण २७गते


images
images

उपत्यका लगायत विभिन्न शहरमा मनाइने पर्व "गाईजात्रा"

उपत्यका लगायत विभिन्न शहरमा मनाइने पर्व "गाईजात्रा"

images
  • उपत्यका लगायत विभिन्न शहरमा मनाइने पर्व "गाईजात्रा"
    images
    images

    काठमाडौ । काठमाडौ उपत्यकालगायत मुलुकका विभिन्न शहरमा आज गाईजात्रा पर्व मनाइँदै छ । गाईजात्रा विशेष गरी नेवार समुदायले मनाउने पर्व हो ।  यस पर्वमा वर्र्षभरि दिवंगत भएका आफन्तको नाममा गाईको अनुहार र गणेशको चित्र अंकित गाई बनाएर शहर परिक्रमा गर्ने चलन छ । दिवङ्गत आफन्तहरुको सम्झना गर्ने तथा उनीहरुलाई आत्मशान्ति मिल्ने विश्वासस्वरूप गाइजात्रा पर्व मनाउने गरिएको हो । आज उपत्यकामा सरकारले सार्वजनिक विदा दिएको छ । 

    images
    images
    images

     

    images
    images
    images


    गाइजात्रामा गाई वा मानिसलाई गाईका रुपमा सिँगारेर नगर परिक्रमा गराउने प्रचलन रहेको छ । काठमाडौँ उपत्यकाका तीनै सहरमा मनाइने परम्परागत साँस्कृतिक उत्सव ”गाईजात्रा” चान्द्र गणनाको भाद्र कृष्ण (ञलाथ्व) प्रतिपदादेखि भाद्र कृष्णाष्टमीसम्म जम्मा आठ दिन विभिन्न कार्यक्रमको आयोजना गरी मनाइन्छ । गाइजात्रामा आज ठाउँ ठाउँमा कलाकारहरुले राजनीतिक दल र नेताहरुप्रति व्यङ्ग्य कसेर कार्यक्रम गर्ने गरिन्छ ।

    images
    images
    images

     

     


    दिवङ्गत भएका आफन्तहरुको सम्झनामा गाईजात्राका सहभागीलाई श्रद्धालुहरुद्धारा दूध ,फलफूल ,रोटी दहीचिउराका साथै अन्न र द्रव्य दान गर्ने गरिन्छ । ऐतिहासिक प्रमाण अनुसार पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन राजा प्रताप मल्लले ‘जनतालाई आ–आफ्नो मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनु’ भनी आज्ञा दिएकामा यतिले पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम पनि गराउने आदेश दिएअनुरूप सो प्रचलन चलेको हो भन्ने जनविश्वास रहेको छ ।


    यसै बेलादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद भएर जानुपर्ने प्रथा अझै पनि जारी छ । भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिहरूप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणका करुण रसका गीतहरू पनि गाइने चलन छ । जात्राका क्रममा पाटनमा देखाइने सत्य युगको धान, चामलको नमुना, काठमाडौँको ठमेलमा देखाइने स्वर्ण तथा रजताक्षरमा लेखिएका पुस्तकहरू विशेष दर्शनीय छन् ।

     

     


    भक्तपुरमा गाईजात्राका दिन धार्मिक परम्परा अनुसार भैरवको परालबाट निर्मित गाई रथ नगर परिक्रमा गराई सो दिनको गाईजात्रा विसर्जन गरिने प्रचलन रहिआएको छ । भक्तपुरको गाईजात्रालाई घिन्ताङघिसी जात्रा पनि भनिन्छ । मृतकको घर(घरबाट छ्वाली, लामो बास, काठ आदिको प्रयोग गरी तायमचा खट निर्माण गरिन्छ । मृतकको तस्बिर राखी पुरोहितद्वारा पुजाआजा गरी बाजागाजाका साथ नगरपरिक्रमा गरिन्छ । 


    यतिबेला खटको पछिपछि ख्याल प्याखू, खिंद्याः धिमे बासुरी आदि बाजाको तालमा कथिप्याख (लट्ठी नृत्य) पनि प्रदर्शन हुन्छ । नगरका विभिन्न भागबाट पाँचतले मन्दिर र भैरवनाथ देगलमा पुगेपछि घिन्ताङघिसी नाच सकिन्छ ।

     

     


    गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गर्न सार्वजनिकरूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रमको आयोजना गर्ने र पत्रपत्रिकाहरूमा पनि सामाजिक कुरीतिलाई समेटेर हास्यव्यङ्ग्य अङ्क प्रकाशित गर्ने एवं नेताहरुमाथि व्यङग्यको झटारो हान्ने काम गरिन्छ । 


    गाईजात्रा पर्व काठमाडौँ उपत्यकालगायत बनेपा, धुलिखेल, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगन्ज, हेटौँडा र पोखरामा मनाइन्छ । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # काठमाडौं
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।