गुल्मी -कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै नेवार समुदायले परम्परागत रूपमा मनाउँदै आएको गाईजात्रा यसपालि गुल्मीमा स्वास्थ्य सुरक्षाकासाथ मनाइएको छ ।
गुल्मीको रेसुङ्गा नगरपालिका तम्घासको मुख्य मुख्य सडक गल्लीहरुमा नाचगान गरेर गाईजात्रा मनाइएको हो ।
वर्षभरि नेवार समुदायमा दिवङ्गत भएकाहरूको घर–घरबाट मृत आत्माको चिर शान्तिको कामना गर्दै सम्झना स्वरूप गाईजात्रा निकाल्ने प्रचलन रहेको छ।
राजा प्रताप मल्लले आफ्नो छोराको मृत्युपछि भाव विह्वल भएकि रानीलाई मनाउन यस प्रकारको जात्रा निकाल्ने प्रचलन सुरु गरेको किंवदन्ती छ ।
त्यस अनुरुप गुल्मीमा पनि मनाइएको छ।पोहोर परारको जस्तो उल्लास नदेखिए पनि सदरमुकाम तम्घास सहित गुल्मीका मुख्य बजार क्षेत्रमा पनि गाइजात्रा निकालिएको छ।
बाजा र डोके सँगै लठ्ठी ठटाउँदै फेटा, धोती र छड्के लगाएर सिँगारिएका युवाहरू नाच्ने गर्छन, यसलाई बैरागी भनिन्छ । गाईजात्रामा नाचिने नाचलाई बैरागी नाच वा डोके नाच पनि भन्ने गरिन्छ । यो पर्व ठाउँअनुसार फरक–फरक ढङ्गले मनाउने गरिएको छ।
यसै गरि रुरुक्षेत्रकाे रिडी बजार बलेटक्सार बलेचौर लगाएतका नेवार बस्ती हरुमा पनि गाईजात्रा निकालेर अाफ्ना दिवँगत अाफन्त हरुलाई सम्झिएकाे छ ।
-अनिष पन्थी
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology