Logo

२०८३, श्रावण ३०गते


images
images

लायन्स क्लब अफ देवदहले मनायो नवौं 'चार्टर एनिभर्सरी'

लायन्स क्लब अफ देवदहले मनायो नवौं 'चार्टर एनिभर्सरी'

images
  • लायन्स क्लब अफ देवदहले मनायो नवौं 'चार्टर एनिभर्सरी'
    images
    images

    देवदह । लायन्स क्लब अफ देवदहले नवौं चार्टर एनिभर्सरी मनाएको छ । मंगलबार एक कार्यक्रम बीच क्लबले नवौं चार्टर एनिभर्सरी मनाएको क्लबका सचिव पवन पौडेलले जानकारी दिए ।

    images
    images
    images

    "चार्टर एनिभर्सरीको अवसरमा चार्टर मेम्बर, पुर्व अध्यक्ष लगायत सहयोगी संस्थालाई सम्मान गरिएको छ ।" सचिव पौडेलले भने मंगलबार बिहान रक्तदान कार्यक्रम आयोजना गरि १३५ युनिट रगत संकलन गरेका छौं भने साँझ औपचारिक कार्यक्रम आयोजना गरि चार्टर डे सेलिब्रेसन गरिएको छ ।"

    images
    images
    images

    कार्यक्रममा बोल्दै क्लबका डिष्ट्रिक गभर्नर पुरुषोत्तम प्रधानाङ्गले हामी सेवा गर्छौं भन्ने नारासहित स्थापित लायन्सले आफुभन्दा कम भाग्यशाली वा कम अवसर पाएकाहरूलाई सहयोग संगै सामाजिक क्रियाकलापहरूमा लायन्स क्लब र यसका लिडरहरूले निरन्तर काम गरिरहेको बताए ।

    images
    images
    images

    क्लबका अध्यक्ष कृष्णराज पौडेलले देवदहमा आखाँ अस्पताल संचालन गर्ने लायन्स क्लब अफ देवदहको मेगा प्रोजेक्ट सफलातान्मुख भएको बताए । उनले भने, "हाल आखा अस्पताल संचालित छ, हप्तामा दुइदिन संचालनमा रहेको अस्पताललाई सबै दिन संचालन गर्ने योजना अनुसार क्लब लागिरहेको छ । यसमा सबैको सहयोगको अपेक्षा गरिएको छ ।"

    कार्यक्रममा देवदह नगरपालिकाका नगर प्रवक्ता गणेश डुम्रेसहित जिल्ला स्तरिय लायन्स लिडर र क्लबका संस्थापक, पुर्व अध्यक्ष तथा पदाधिकारीहरूको उपस्थिति रहेको थियो । 

    सो अवसरमा क्लबले निर्माण गरेको डकुमेन्ट्रीसमेत प्रदर्शन गरिएको थियो ।

    क्लबका सचिव पवन पौडेलको संचालन रहेको कार्यक्रममा प्रथम उपाध्यक्ष सिर्जना सापकोटाले स्वागत तथा उपाध्यक्ष गणेश सापकोटाले झण्डाको अभिवादन गरेका थिए ।

    सन् २०१५ मा विष्णुप्रसाद पौडेल अध्यक्षतामा लायन्स क्लब अफ देवदहको स्थापना भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लायन्स क्लब अफ देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।