काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बीमा सेवालाई व्यवस्थित गर्ने काम भइरहेको बताएका छन । बुधबार भक्तपुर क्यान्सर अस्पतालमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले यस्तो बताएका हुन ।
उनले अहिले प्राप्त बीमा सेवा व्यवस्थित नरहेकाले मन्त्रालयले त्यसबारेमा आवश्यक पहल लिइरहेको बताए । उनले बीमा रकमको सीमालाई बढाएर पाँच लाख रुपैयाँ पु¥याइने बताए । स्वास्थ्य मन्त्रालयले बीमाको सीमालाई बढाएर पाँच लाख रुपैयाँ पु¥याउने घोषणा गरेको बताए ।
उनले सो घोषणालाई सरकारको नीति बनाउने बताए । उनले स्रोत जुटाउनका लागि सरकारले उपलब्ध गराएको स्वास्थ्य सुविधालाई एकीकृत ढंगबाट बीमामा समायोजन गर्नु जरुरी रहेको बताए । उनले संघ, प्रदेश र स्थानीय सरकारले जनतालाई स्वास्थ्य सुविधा उपलब्ध गराउन गरेको खर्च बीमा बोर्डमार्फत एकीकृत प्रणालीबाट गर्नुपर्ने बताए ।
उनले आवश्यकताभन्दा बढी चिनीको मात्रा भएका उत्पादित वस्तुहरुमा चिनी कर लगाएर आउने सम्पूर्ण रकम बीमामा लगाउनुपर्ने बताए । उनले विशिष्टिकृत सेवा सरलीकृत ढंगबाट सस्तोमा प्राप्त गर्ने उपाय भनेको बीमा मात्रै भएको भन्दै बीमालाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology