Logo

२०८३, आश्विन ९गते


images
images

पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ हुनेछ : मन्त्री पौडेल

पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ हुनेछ : मन्त्री पौडेल

images
  • पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ हुनेछ : मन्त्री पौडेल
    images
    images

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्ययन सुरुवात हुने बताएका छन् । 

    images
    images
    images

    उनले शनिबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमार्फत पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्ययन सुरुवात हुने बताएका हुन् । 

    images
    images
    images

    मन्त्री पौडेलले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समेत यसै वर्षदेखि एमबीबीएस अध्ययनको तयारी भइरहेको पनि जानकारी दिएका छन् । 

    images
    images
    images

    ‘अब पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्ययन–अध्यापनको सुरुवात हुने भएको छ,’ पौडेलले लेखेका छन्, ‘मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समेत यसै वर्षदेखि एमबीबीएस अध्ययन–अध्ययापन गराउने गरी तयारी भइरहेको छ ।’

    मन्त्री पौडेलले आफूले सार्वजनिक गरेको प्राथमिकता र कार्ययोजनामा समावेश नीति तथा कार्यक्रमअन्तर्गत एमबीबीएस अध्ययनको तयारी भएको र नीति तथा कार्यक्रमलाई अन्य अस्पतालमा समेत विस्तार गर्दै लगिने उल्लेख गरेका छन् ।  

    ‘मन्त्रालयको स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत् दक्ष जनशक्ति उत्पादन गर्ने तथा हामीले सार्वजनिक गरेको प्राथमिकता र कार्ययोजनामा समावेश गरेको ३०० शय्याभन्दा माथिका अस्पतालमा क्रमशः एमबीबीएसको अध्ययन–अध्यापन प्रक्रिया सुरु गर्ने विषयलाई कार्यान्वयन गर्दै जाने नीति तथा कार्यक्रमअन्तर्गत मन्त्रालयकै आन्तरिक स्रोतबाट कार्यक्रम सञ्चालन गरिएको हो,’ उनले भनेका छन्, ‘यस नीति तथा कार्यक्रमलाई अन्य अस्पतालमा समेत विस्तार गर्दै लगिने छ ।’

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।