Logo

२०८३, आश्विन ९गते


images
images

वीर अस्पतालका सबै बेड प्रयोग गर्ने गरी योजना बनाउँछु : मन्त्री पौडेल

वीर अस्पतालका सबै बेड प्रयोग गर्ने गरी योजना बनाउँछु : मन्त्री पौडेल

images
  • वीर अस्पतालका सबै बेड प्रयोग गर्ने गरी योजना बनाउँछु : मन्त्री पौडेल
    images
    images

    काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले वीर अस्पतालमा भएका सबै बेडलाई आगामी वर्षदेखि प्रयोग गर्ने गरि योजना बनाउने बताएका छन् । आज वीर अस्पतालको १३५ औँ वार्षिकोत्सव समारोहमा उनले सो कुरा बताएका हुन् ।

    images
    images
    images

    ‘वीर अस्पतालमा जति बेड छन्, आगामी वर्षदेखि सबै उपभोग गर्ने गरी नीति तथा कार्यक्रम बनाउँछौँ,’ उनले भने, ‘जति सामान छन् तिनको प्रयोग हुने स्थिति निर्माण गर्नेछौँ ।’

    images
    images
    images

    स्वास्थ्य सेवा प्रणालीको सुधारका लागि सबै क्षेत्रको क्षमता विकास गर्न आवश्यक देखिएको उनले बताए । स्वास्थ्यकर्मीलाई काम गर्न आवश्यक सुरक्षित वातावरण निर्माणका लागि पनि आफू निरन्तर लाग्ने उनको भनाई थियो । ‘आवश्यक दरबन्दी सिर्जना गर्नेछौँ, आवश्यक स्रोत साधन जुटाउन लाग्ने छौँ,’  उनले भने ।

    images
    images
    images

    मन्त्री पौडेलले सरकारी अस्पतालमा राज्यले लगानी गरेको, जनशक्ति भएको तर प्रभावकारी सेवा हुन नसकेको विषयलाई बुझेर, अप्ठ्यारा र चुनौतीहरू सामना गरेको तर्क राखे । ‘सीमित स्रोत साधन छन्,’ उनले भने, ‘तीनै सीमितताका बिचमा पनि प्रभावकारी काम गर्नुपर्छ, त्यो हामी सबैले मिलेर गर्नुपर्छ ।’

    स्वास्थ्य सेवा गुणस्तरीय र प्रभावकारी बनाउन सबैलाई मन्त्री पौडेलले आग्रह गरे । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।