Logo

२०८३, आश्विन ९गते


images
images

आर्थिक अभावमा कोही बालबालिका क्यान्सरको उपचारबाट वञ्चित हुनुपर्दैन : मन्त्री पौडेल

आर्थिक अभावमा कोही बालबालिका क्यान्सरको उपचारबाट वञ्चित हुनुपर्दैन : मन्त्री पौडेल

images
  • आर्थिक अभावमा कोही बालबालिका क्यान्सरको उपचारबाट वञ्चित हुनुपर्दैन : मन्त्री पौडेल
    images
    images

    काठमाडौं । बाल क्यान्सरको निःशुल्क उपचारका लागि सघाउन नेपालले प्राप्त गरेको औषधिका लागि स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सहयोगी दाताहरूलाई धन्यवाद दिएका छन् ।

    images
    images
    images

    विश्व स्वास्थ्य सङ्गठन र सेन्ट जुड चिल्ड्रेन्स रिसर्च हस्पिटलको पहलमा स्थापित ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुट क्यान्सर मेडिसिन्सअन्तर्गत बालबालिकाको क्यान्सर उपचारमा प्रयोग हुने औषधिको पहिलो खेप प्राप्त गरेको हो । क्रमैसँग थप औषधि उपलब्ध हुने सङ्गठनले जानकारी दिएको छ ।

    images
    images
    images

    मन्त्री पौडेलले आर्थिक अभावमा कोही पनि बालबालिका क्यान्सरको उपचारबाट वञ्चित हुनु नपरोस् भनेर मन्त्रालयले मङ्सिर १ गतेदेखि लागू हुनेगरी बाल क्यान्सरको निःशुल्क उपचार व्यवस्था गरेको स्मरण गर्दै प्राप्त सहयोग बाल क्यान्सरका कारण हुने मृत्युदर नियन्त्रणमा महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

    images
    images
    images

    ‘देशको प्रमुख स्वास्थ्य समस्या बनिरहेको क्यान्सर नियन्त्रणका लागि हामीले राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति अवलम्बन गरेर उपचारसँगै निरोधात्मक विधि प्रवद्र्धनका लागि काम गरिरहेका छौँ’, मन्त्री पौडेलले सन्देशमा उल्लेख गरिएको छ, ‘कोही पनि बालबालिका आर्थिक अभावमा क्यान्सरको उपचारबाट वञ्चित नहोउन् भनेर हामीले निःशुल्क उपचारको व्यवस्था गरेका छौं ।’

    मन्त्री पौडेलले क्यान्सरको उपचारलाई विस्तार गर्दै सबै प्रदेशमा पुर्‍याउने काम भएको भन्दै यसमा यसमा क्रमैसँग सुधार ल्याउने योजना रहेको उल्लेख गरेका छन् ।

    प्राप्त औषधि भक्तपुर क्यान्सर अस्पताल, कान्ति बाल अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर क्यान्सर अस्पतालमा बाल क्यान्सरको उपचारका लागि उपयोग हुने मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले बताए ।

    ‘बाल क्यान्सरको निःशुल्क उपचार गर्ने मन्त्रालयको निर्णयमा यी औषधिले महत्त्वपूर्ण भूमिका खेल्नेछन्’, उनले भने, ‘क्यान्सर नियन्त्रणमा प्रभावकारी काम गर्ने मन्त्रीको निर्णयमा बाल क्यान्सरको निःशुल्क उपचार एक महत्त्वपूर्ण निर्णय हो ।’

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मन्त्री पौडेल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।