Logo

२०८३, आश्विन ९गते


images
images

माओवादीले चाहे सरकार ढाल्न समय लाग्दैन : वर्षमान पुन

माओवादीले चाहे सरकार ढाल्न समय लाग्दैन : वर्षमान पुन

images
  • माओवादीले चाहे सरकार ढाल्न समय लाग्दैन : वर्षमान पुन
    images
    images

    भैरहवा । नेकपा माओवादी केन्द्रका उपमहासचिव बर्षमान पुनले माओवादीले चाहाने हाे भने वर्तमान सरकार ढाल्न समय नलाग्ने बताएका छन । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) २३ औं जिल्ला सम्मेलनलाई भैरहवामा उद्घाटन गर्दै नेता पुनले सरकारमा खटपट देखिन थालिसकेका कारण माओवादीले चाहे सरकार परिवर्तन हुने बताएका हुन । 

    images
    images
    images

    "माओवादीले चाहे सरकार परिवर्तन हुन्छ तर हामी सरकारमा जाने पक्षमा छैनाैँ अहिलेकाे हाम्राे प्राथमिकता संगठन निर्माण हाे" उनले भने । प्रचण्ड नेतृत्वकाे सरकारले जनमुखी काम गर्न थालेपछि विचाैलियाहरू तिलपिलाउन थालेकाे उल्लेख गर्दै वर्तमान सरकार विचाैलियाले बनाएकाे आराेप लगाए । सरकारले भुटानी शरणार्थी काण्ड लगायतका ठुला फाइल खाेल्न थालेपछि काँग्रेस एमाले एक ठाउँमा आउन बाध्य भएकाे उनकाे जिकिर गरे । काँग्रेस सभापति शेरबहादुर देउवाले व्यापारी रामेश्वर थापाले सरकार बनाउन भुमिका खेलेकाे सार्वजनिक रूपमै स्वीकार गरेका कारण सरकारकाे धरातल यसले थप पुष्टि गर्ने बताए । 

    images
    images
    images

    तेस्राे पार्टीसंग भिड्न दुई ठुला दल किन मिल्नु परेकाे भन्दै प्रश्न समेत गरे । 

    images
    images
    images

    पार्टी विभाजनकाे बिषयमा स्पष्टीकरण दिँदै नेता पुनले पार्टी भित्र राजनैतिक र शैद्धान्तिक बिषयमा वहस र छलफल हुने गरेकाे भए पनि बाहिर हल्ला गरे जस्ताे फुट्ने अवस्था नरहेकाे बताए । "जीवन्त पार्टीमा वहस छलफल हुन्छ त्यसलाई पार्टी फुट्छ भनेर बुझ्नु भएन" उनले भने । 

    आफ्नाे फाइदाका लागि विराेधिहरूले माओवादी फुट्न थालेकाे हल्ला फैलाएकाे उनकाे आराेप छ ।  नेता पुनले छलफल वहस र एकताका आधारमा नेतृत्व चुन्न विद्यार्थी नेताहरलाई सुझाए ।

    जिल्लाभरीका विद्यालय, क्याम्पस र पालिका कमिटिबाट चुनिएर आएका १८५ जना सम्मेलन प्रतिनिधिले संगठनको राजनैतिक र  सांगठनिक प्रतिवेदन पारितसंगै आगामी कार्यकालको लागि नेतृत्व चयन गर्नेछन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # वर्षमान पुन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।