Logo

२०८३, आश्विन ९गते


images
images

सरकारको नीति तथा कार्यक्रम अमूर्त, गन्तव्यविहीन र निराशः वर्षमान पुन

सरकारको नीति तथा कार्यक्रम अमूर्त, गन्तव्यविहीन र निराशः वर्षमान पुन

images
  • सरकारको नीति तथा कार्यक्रम अमूर्त, गन्तव्यविहीन र निराशः वर्षमान पुन
    images
    images

    काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रमप्रति नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले गहिरो असन्तोष व्यक्त गरेका छन् ।

    images
    images
    images

    शुक्रवार संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग बोल्दै पुनले उक्त दस्तावेजले कुनै स्पष्ट दिशा नदिएको आरोप लगाए। “राष्ट्र प्रमुखले गर्ने सम्बोधन प्रधानमन्त्री र सरकारको कार्यक्रम भएको हुनाले त्यसमा साह्रै अमूर्त, गन्तव्यहीन र निराश खालको भयो,” पुनले भने, “यसले आगामी बजेट पनि यस्तै गन्तव्यहीन आउँछ भन्ने आशङ्का देखाएको छ।”

    images
    images
    images

    पुनका अनुसार सरकारले नीति तथा कार्यक्रममा विकास, निर्माण र पूर्वाधारका विषयमा स्पष्ट कार्ययोजना नदिएकोले जनस्तरमा निराशा थपिएको छ। संविधान संशोधनको कुरा गठबन्धन सरकार गठन भएको वर्ष दिन भइसक्दा पनि अलपत्र परेको उल्लेख गर्दै उनले प्रश्न गरे— “के गर्न खोजेको हो आर्थिक सुधारमा ?”

    images
    images
    images

    पूर्वअर्थमन्त्री समेत रहेका पुनले अघिल्लो सरकारले घोषणा गरेका दर्जनौँ कार्यक्रम अहिले रोकिएको दाबी गरे। ती योजनाहरूको अवस्था र भविष्यबारे अहिलेको दस्तावेजले केही नबोलेको भन्दै उनले यसलाई गम्भीर कमजोरीको संज्ञा दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # वर्षमान पुन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।