Logo

२०८३, आश्विन १०गते


images
images

प्रचण्ड र बीपी कोइराला युग नायक हुन्ः वर्षमान

प्रचण्ड र बीपी कोइराला युग नायक हुन्ः वर्षमान

images
  • प्रचण्ड र बीपी कोइराला युग नायक हुन्ः वर्षमान
    फाइल फोटो
    images
    images

    झापा । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस संस्थापक बीपी कोइराला युग नायक भएको बताएका छन्।

    images
    images
    images

    झापामा शुक्रबार आयोजित एक कार्यक्रममा पुनले यी दुई नेताले मुलुकको राजनीतिक इतिहासमा युग परिवर्तनको आन्दोलनको नेतृत्व गरेको बताए। कोही इतिहास बदल्ने र कोही नियमित नेता हुने भन्दै पुनले बीपी र प्रचण्ड इतिहास बदल्ने नेताका रुपमा स्थापित भएको उल्लेख गरे।

    images
    images
    images

    ‘नेता त्यसै जन्मिँदैन। नेता इतिहासले जन्माउने हो। बीपी कोइरालाले जहाँनिया राणशासन फाल्ने आन्दोलनको नेतृत्व गर्नुभयो। प्रचण्डले सामान्तवादी राजतन्त्र फाल्ने आन्दोलनको नेतृत्व गर्नुभयो’, पुनले भने, ‘यी नेपाली राजनीतिका इतिहास बदल्ने आन्दोलनहरु हुन्। त्यस अर्थमा प्रचण्ड माओवादीको मात्र नेता होइन। उहाँ युग बदल्ने नेता हो, राजनेता हो।’

    images
    images
    images

    प्रचण्ड १०औं हजारको बदिलानबाट निर्माण भएको टावर भन्दै पुनले उनलाई व्यक्ति पुष्पकमल दाहाल प्रचण्ड नभई आन्दोलनको प्राधिकारयुक्त नेताका रुपमा इतिहासले स्वीकार गर्ने दाबी गरे। यसको अर्थ प्रचण्डको देवत्वकरण गर्ने वा कमीकमजोरी भए ढाकछोप गर्नु नभएको प्रष्टीकरण पनि पुनले दिए। आफूले प्रचण्डसँग २८ वर्ष लामो सहकार्य गरेको भन्दै पुनले सधैं उनलाई सहयोग गर्ने र उनकै वरिपरि केन्द्रित हुने गरेको बताए। जनयुद्धदेखि शान्ति प्रक्रिया, पहिलो र दोश्रो संविधानसभा निर्वाचन, संविधान निर्माण, कटवाल प्रकरण, पार्टी विभाजनजस्ता महत्वपूर्ण राजनीतिक घटनाक्रमहरुमा आफू जहिले पनि प्रचण्डसँगै उभिएको स्मरण पुनले गरे।

    ‘म जनयुद्धको पहिलो फौजी कमाण्डको कमाण्डर हुँ। २८ वर्षदेखि प्रचण्डसँग काम गर्दै आएको छ। बिग्रिएका जति सबै प्रचण्डको थाप्लोमा हाल्ने र राम्रो सबै हामीले गरेको भन्ने पक्षमा हामी हुनुहुँदैन’, पुनले भने, ‘मेरो भनाइ कोही साथीप्रति लक्षित छैन। हामीले राम्रा जति सबै प्रचण्डबाट भएको भन्ने वा नराम्रा जति सबै प्रचण्डको टाउकोमा हाल्ने र जसजति आफूले लिने गल्ती गर्नुहुँदैन। राम्रा र नराम्रा सबै कुराको जिम्मेवारी नेतृत्वमा भएका हामी सबैले लिनुपर्छ।’

    पुनले पार्टीभित्र आफ्नो छुट्टै समूह नभएको पनि स्पष्ट गरे। कार्यशैली, विचार र दृष्टिकोणमा समानता हुनेहरुबीच बढी नजिक सम्बन्ध हुनुलाई अन्यथा मान्न नुहुने भए पनि त्यसैलाई स्थायी गुट बनाउन नहुने भन्दै उनले आफूले गुट निर्माण नगरेको बताए।

    फरक प्रसंगमा पुनले ०८४ को निर्वाचनमा संघ, प्रदेश र स्थानीय तहमा कसैसँग तालमेल नगरिने दोहोर्‍याए। प्रचण्ड नेतृत्वको सरकारले १८ महिनामा सुशासन, सामाजिक न्याय र समृद्धिका लागि चालेका कदमका कारण जनतामा माओवादीको लोकप्रियता बढेको भन्दै उनले त्यही एजेण्डाका साथ चुनावमा जाने नीति रहेको बताए। उनले सरकारले राम्रो गर्दा समर्थन र खराब काम गर्दा प्रतिपक्षमा रहेर भण्डाफोर र प्रतिवाद गर्ने भन्दै सरकार प्राथमिकतामा नरहेको स्पष्ट गरे।

    ‘प्रचण्ड नेतृत्वको सरकारको सुशासन र भ्रष्टाचारविरोधी अभियानबाट डराएर काँग्रेस र एमाले मिलेका हुन्। हामी ०८४ सम्म यही सरकार चलोस् भन्ने चाहन्छौं’, पुनले भने, ‘सरकारमा हाम्रो ध्यान छैन। राम्रो गर्दा सरकारलाई साथ दिन्छौं। नराम्रो गर्दा भण्डाफोर र प्रतिवाद गर्छौ।’

    कांग्रेस र एमालेसँग आफूहरुले राजतन्त्र अन्त्यदेखि संविधान निर्माणसम्म सहकार्य गरेको र त्यो सही रहेको भन्दै उनले संविधान कार्यान्यवनसम्म आउँदा आधारभूत रुपमै ती दुई दलसँग फरक परेको बताए। काँग्रेस र एमाले प्राप्त उपलब्धीबाट पछि फर्कन खोजेको आरोप पनि पुनले लगाए। अर्को एक प्रसंगमा पुनले प्रधानमन्त्री केपी ओलीको लोकप्रियताको ग्राफ धेरै घटेको दाबी गरे।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # वर्षमान पुन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।