Logo

२०८३, आश्विन ९गते


images
images

अर्थ

'गभर्नर नियुक्तिमा स्वार्थ समूहको प्रभाव'

'गभर्नर नियुक्तिमा स्वार्थ समूहको प्रभाव'

images
  • 'गभर्नर नियुक्तिमा स्वार्थ समूहको प्रभाव'
    images
    images

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले गभर्नर नियुक्तिलाई सरकारले राजनीतिकरण गरेको आरोप लगाएका छन्।

    images
    images
    images

    संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पुनले गभर्नर नियुक्तिको विषयले राजनीतिक दल वा राजनीतिज्ञले देश चलाइरहेको छ कि अरू कसैले भन्ने प्रश्न थप प्रस्ट पारेको बताए। उनले नेपाल राष्ट्र बैंकको गभर्नर डेपुटी गभर्नरहरूबाटै बनाउने प्रचलन रहेको उल्लेख गर्दै मौद्रिक नीतिमा विज्ञता हासिल गरेका व्यक्तिलाई गभर्नर बनाउनुपर्ने विश्वव्यापी चलन भएको धारणा राखे।

    images
    images
    images

    पुनले हाल गभर्नर नियुक्तिमा कुनै स्वार्थ समूहको प्रभाव रहेको आरोप लगाउँदै उक्त समूहले आफू अनुकूलका व्यक्तिलाई नियुक्त गराउन खोजेको दाबी गरे। उनले मौद्रिक, आर्थिक वा वित्तीय नीतिमा विज्ञता हासिल गरेका व्यक्तिलाई गभर्नर बनाउन आफूहरूको कुनै आपत्ति नभएको स्पष्ट पारे।

    images
    images
    images

    उनले भने, "गभर्नर नियुक्तिमा स्वार्थ समूहको प्रभाव नहोस्। गभर्नर विदा हुनुअघि नै नयाँ नियुक्ति हुनुपर्ने हो, तर दुई महिना बितिसक्दा पनि नियुक्ति हुन नसक्नु दुःखद् छ। सरकारले गभर्नर नियुक्तिमा विज्ञता र मौद्रिक नीतिको अनुभवलाई प्राथमिकता दिनुपर्छ।"

    पुनले गठबन्धन सरकार गठन हुँदा नै सुशासन कमजोर पार्न र भ्रष्टाचार बढाउन प्रयास भइरहेको भन्दै गठबन्धनको आलोचना गरे। उनले गभर्नर नियुक्तिमा राजनीतिक हस्तक्षेप नगर्न र विज्ञ व्यक्ति चयन गर्न सरकारलाई सचेत गराए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # वर्षमान पुन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।