नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा मोटरसाइकलले साइकललाई ठक्कर दिंदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा परि घाइते भएका साइकल चालक ४७ वर्षिय सुरेश चौधरीको शनिबार बिहान मृत्यु भएको नवलपरासी जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी रेशम बोहराले जानकारी दिए ।
शुक्रबार नवलपरासी बर्दघाट न.पा. १३ मा विपरित दिशाबाट आइरहेका मोटरसाइकल र साइकल ठक्कर खाँदा दुवै चालकहरु घाइते भई उपचारको लागि मेडिकल कलेज भैरहवामा पठाइएको र उपचारको क्रममा साइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । दिउँसो २ बजे बर्दघाट नगरपालिका वडा नं १३ जमुनिया स्थित जमुनियाबाट नारायणचोक तर्फ जाँदै गरेको लु ४ प ७६९१ नं. को मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको साइकल एक आपसमा ठोक्किएका थिए ।
मृतकको शव भिम अस्पताल भैरहवामा रहेको र पोष्टमार्टम लगायत थप अनुसन्धान प्रकृया अघि बढाइएको जनाइएको छ ।
मोटरसाइकल चालक जिल्ला नवलपरासी प्रतापपुरका १७ वर्षीयको किशोर घाइते रहेको प्रहरीले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology