बर्दघाट । भारी बर्षातका कारण नवलपरासीको बर्दघाटस्थित बाढिपिडित टोल जलमग्न भएको छ । मंगलबार साँझदेखि परेको भारी बर्षातले बाढीपिडित टोल डुवानमा परेको हो ।
"पल्लो घरभित्रै पानी पसेपछी उहाँको आवाजले हामी पनि ४ बजे उठ्यौँ हेर्दा त हाम्रै घरभित्र पनि पानी पसेको रहेछ । पल्लोघरको त कोठाको 'लो बेड' पनि डुबेको छ । हामी पनि ४ बजेदेखी सुतेका छैनौ" सेतोमसीलाई घटनाबारे जानकारी दिदै स्थानीय अनिषा भण्डारीले बताईन् । 
नाम नै बाढिपिडित रहेको उक्त स्थानमा ३०० को हाराहारीमा घर रहेका छन् । ती मध्य सबैजसो घरभित्र पानी पसेको स्थानीयले बताएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology