Logo

२०८३, श्रावण ३०गते


images
images

शिक्षा

नेतृत्व सीप सिक्दै बर्दघाटका प्रधानाध्यापक

नेतृत्व सीप सिक्दै बर्दघाटका प्रधानाध्यापक

images
  • नेतृत्व सीप सिक्दै बर्दघाटका प्रधानाध्यापक
    images
    images

    बर्दघाट । बर्दघाट नगरपालिकाका ३४ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूलाई नेतृत्व विकास सम्बन्धि तालिम दिइएको छ । समृद्ध समुदाय विकास केन्द्र नेपालको आयोजना, बर्दघाट नगरपालिकाको समन्वय तथा Skoleliv i Nepal को आर्थिक सहयोगमा वैशाख १२ र १३ गते तालिम सञ्चालन गरिएको हो ।

    images
    images
    images

    नेपाल सरकारका पूर्व सह-सचिव गीरमान थापाले सहजिकरण गरेको तालिममा विद्यालय नेतृत्व, शिक्षण-सिकाइ सुधार, कक्षाकोठा अवलोकन, शिक्षकलाई रचनात्मक प्रतिपुष्टि दिने सीप, वार्षिक शिक्षण योजना निर्माण तथा विद्यालय सुधार योजनाका विषयमा छलफल र अभ्यास गरिएको थियो । सो अवसरमा सहभागी प्रधानाध्यापकहरूले आ-आफ्नो विद्यालयको अवस्था, चुनौती र सम्भावनाका आधारमा तीन महिनाको सुधार योजना तयार गर्ने अभ्याससमेत गरेका थिए ।

    images
    images
    images

    कार्यक्रमका प्रमुख अतिथि बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले सामुदायिक विद्यालयको सिकाइ उपलब्धि सुधार गर्न प्रधानाध्यापकको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताए । उनले विद्यालय नेतृत्वलाई प्रशासनिक जिम्मेवारीमा मात्र सीमित नराखी शिक्षण-सिकाइ सुधारको नेतृत्वदायी भूमिकामा सक्रिय बनाइनुपर्ने उल्लेख गरे ।

    images
    images
    images

    ‘राजनीतिक नेतृत्वको कार्यकाल सीमित हुन्छ, तर विद्यालय नेतृत्वसँग सिक्ने, अभ्यास गर्ने र लागू गर्ने समय हुन्छ ।’ नगर प्रमुख श्रेष्ठले भने, ‘बर्दघाट अब कण्ठस्थ शिक्षाबाट सिकाइ केन्द्रित वातावरणतर्फ अघि बढ्नुपर्छ । यसका लागि विद्यालय नेतृत्व, शिक्षक, अभिभावक र स्थानीय सरकारबीच समन्वय आवश्यक छ ।’

    बर्दघाट नगरपालिकाका सामाजिक विकास समिति संयोजक भीम काजी गुरुङले विद्यालय सुधारका विषयमा दोषारोपणभन्दा समाधानमुखी सोंच आवश्यक रहेको बताए । उनले विद्यालयहरूले आफ्ना वास्तविक आवश्यकता पहिचान गरी प्राथमिकताका आधारमा योजना निर्माण गर्नुपर्ने धारणा राखे ।

    सोही अवसरमा आयोजक संस्थाका अध्यक्ष ठाकुर घिमिरेले प्रधानाध्यापकहरू विद्यालय परिवर्तनका मुख्य नेतृत्वकर्ता भएको बताए । उनले तालिममा सिकाइएका विषयहरू व्यवहारिक रूपमा कार्यान्वयन हुन सके मात्र कार्यक्रमको उद्देश्य पूरा हुने उल्लेख गरे ।

    घिमिरेले भने, ‘विद्यालयलाई सिकाइमैत्री बनाउन प्रधानाध्यापकले शिक्षक, विद्यार्थी, अभिभावक र विद्यालय व्यवस्थापन समितिबीच समन्वयकारी भूमिका निर्वाह गर्न आवश्यक छ ।’ उनले नेतृत्व विकास तालिमलाई विद्यालय सुधारको प्रारम्भिक आधारका रूपमा लिनुपर्ने बताए ।

    बर्दघाटका ३४ सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा सुधारको तयारी :

    बर्दघाट नगरपालिकाका ३४ सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा सुधारको तयारी थालिएको छ । समृद्ध समुदाय विकास केन्द्रका निर्देशक युवाराज चापागाईले बर्दघाटमा आयोजित प्रधानाध्यापकहरूलाई नेतृत्व विकास सम्बन्धि तालिम समापनको अवसरमा यस्तो बताएका हुन् ।

    निर्देशक चापागाईंले तालिमको उद्देश्य र आगामी योजनाबारे जानकारी गराउँदै बर्दघाटमा विगत दुई वर्षदेखि ८ वटा सामुदायिक विद्यालयमा पाइलट परियोजनाका रूपमा समुदाय परिचालनबाट गुणस्तरीय शिक्षा परियोजना सञ्चालन हुँदै आएकोमा अव त्यसलाई विस्तार गरिने जानकारी दिए । चालु परियोजनाको अभ्यासबाट विद्यालय, अभिभावक, शिक्षक, बाल क्लब र समुदायबीच सहकार्य बढेकाले यसलाई थप गर्न लागिएको उनले बताए । 

    चापागाईले विद्यालय सुधारलाई केवल तालिममा सीमित नराखी विद्यालय नेतृत्व, अभिभावक सहभागिता, बाल क्लब सुदृढीकरण र कक्षाकोठा अभ्याससँग जोडेर अघि बढाउने तयारी गरिएको जानकारी दिए ।

    दुईदिने प्रधानाध्यापक नेतृत्व विकास तालिमपछि विद्यालय सुधार प्रक्रियालाई थप संस्थागत बनाउन अन्य सरोकारवालालाई लक्षित कार्यक्रम पनि तय गरिएको आयोजकले जनाएको छ । वैशाख १४ गते ३४ वटै सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा अभिभावक-शिक्षक संघका अध्यक्षहरूका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिनेछ। उक्त कार्यक्रमले विद्यालय व्यवस्थापन, अभिभावक सहभागिता र सिकाइ सुधारमा स्थानीय संरचनाको भूमिकाबारे स्पष्टता ल्याउने अपेक्षा गरिएको छ ।

    यसैगरी, वैशाख १५ गते ३४ वटै सामुदायिक विद्यालयका बाल क्लब फोकल शिक्षकहरूलाई बाल क्लब गठन, सञ्चालन तथा कार्ययोजना निर्माणसम्बन्धी तालिम प्रदान गरिनेछ । विद्यार्थी नेतृत्व विकास, सक्रिय सहभागिता, बालमैत्री वातावरण र विद्यालयस्तरीय रचनात्मक गतिविधि प्रवद्र्धनका लागि बाल क्लबलाई प्रभावकारी बनाउने उद्देश्यले तालिम आयोजना गर्न लागिएको हो ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।