Logo

२०८३, श्रावण ३०गते


images
images

जनता माविको प्रधानाध्यापकमा कृष्ण अर्याल नियुक्त

जनता माविको प्रधानाध्यापकमा कृष्ण अर्याल नियुक्त

images
  • जनता माविको प्रधानाध्यापकमा कृष्ण अर्याल नियुक्त
    images
    images

    देवदह । देवदह नगरपालिका वडा नं. ८ स्थित जनता माध्यमिक विद्यालयको प्रधानाध्यापकमा कृष्ण अर्याल नियुक्त भएका छन्।  बिहिबार सम्पन्न विद्यालय व्यवस्थापन समितिको बैठकले शिक्षक अर्याललाई प्रधानाध्यापकमा नियुक्त गर्ने निर्णय गरेको हो। 

    images
    images
    images

    वि. सं. २०४६ सालमा स्थापना भएको विद्यालयको छैठौं प्रधानाध्यापकको रूपमा अर्याल नियुक्त भएका हुन्। यसअघि उक्त विद्यालयको प्रधानाध्यापकको रुपमा चिन्तामणी पाण्डे, हिरामणी शर्मा, इन्दिरा ज्ञवाली, शेषनारायण रेग्मी र चन्द्रकान्त पाण्डेयले काम गरिसकेका छन्। 

    images
    images
    images

    यसअघिका प्रधानाध्यापक चन्द्रकान्त पाण्डेय कोटही आधारभूत विद्यालयमा सरुवा भएपछी केहि समयअघि मात्रै महामाया भवानी माध्यमिक विद्यालयबाट सरुवा भई आएका शिक्षक अर्याल विद्यालयका नयाँ प्रधानाध्यापक बनेका हुन्।

    images
    images
    images

    वि. सं. २०३१ सालमा देवदहको बंगालीमा जन्मिएका अर्याल २०५२ सालदेखि शिक्षक पेशामा आवद्ध छन्। २०५५ सालदेखि २०७४ सम्म माध्यमिक तहको स्थायी दरबन्दीमा अस्थायी शिक्षकको रूपमा अध्यापन गरेका अर्यालले २०७५ सालदेखि माध्यमिक तहको स्थायी शिक्षकको रुपमा काम गर्दै आएका छन्।

    प्रधानाध्यापक नियुक्त भएपछी सेतोमसीसंग कुरा गर्दै शिक्षक अर्यालले जनता माविलाई फरक ढंगले संचालन गर्ने बताए। आफू जन्मीएको स्थान बंगालीमै रहेको विद्यालयमा प्रधानाध्यापकको रूपमा काम गर्ने सौभाग्य मिलेको बताउंदै शिक्षक अर्यालले अवसरलाई सदुपयोग गर्दै  अन्य विद्यालयभन्दा पृथक ढंगले विद्यालय संचालन गर्ने र आगामी विद्यार्थी भर्ना अभियानदेखि नै त्यसको सुरुवात गरिने बताए। 

    शिशुदेखि कक्षा १० सम्म पढाई हुने जनता माविमा हाल ४५३ जना विद्यार्थी अध्ययनरत छन् भने विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीको संख्या ३० रहेको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।