Logo

२०८३, श्रावण ३०गते


images
images

जनता माविमा विद्यार्थी सम्मान कार्यक्रम 

जनता माविमा विद्यार्थी सम्मान कार्यक्रम 

images
  • जनता माविमा विद्यार्थी सम्मान कार्यक्रम 
    images
    images

    देवदह । देवदह नगरपालिका वडा नम्बर ८ मा अवस्थित जनता  माध्यमिक विद्यालयले विद्यालय शिक्षा परिक्षा (एसइई) उत्तीर्ण हुने विद्यार्थीलाई सम्मान गरेको छ। आइतबार विद्यालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरि उत्तीर्ण विद्यार्थी सहित अभिभावक र शिक्षकलाई सम्मान गरिएको हो ।  

    images
    images
    images

    कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी देवदह नगरपालिका वडा नम्बर ८ का अध्यक्ष हरि प्रसाद पाण्डेले उत्तीर्ण विद्यार्थी, सफल शिक्षक र अभिभावक तथा विद्यालय व्यवस्थापन र प्रशासनलाई बधाई  ज्ञापन गरे।  "यो प्रतिस्पर्धाको जमाना हो, उच्च प्रतिस्पर्धाको बाबजुत पनि राम्रो नम्बर ल्याएर पास गर्नु भएकोमा बधाई तथा शुभकामना"  उनले भने ।  आगामी दिनमा पनि यसै गरि सफल हुन र आफ्नो अभिभावकहरुको सपना साकार पार्न उनले विद्यार्थीलाई आग्रह गरे  ।

    images
    images
    images
    janata mavi samman .jpeg

    कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद अर्यालले विद्यालयमा शैक्षिक गुणस्तर वृद्धि गर्न विद्यालय व्यवस्थापन र विद्यालय प्रशासनले अथक मेहनत गरिरहेको र शिक्षक, अभिभावक र विद्यार्थीको समेत साथ प्राप्त भएको भन्दै खुसि व्यक्त गरे।    

    images
    images
    images

    जनता माविले २०७९ मा लिईएको एसइई परिक्षामा ३२ जना विद्यार्थी सहभागी गराएको जसमा ३० जना विद्यार्थी उत्कृष्ट अंक सहित उत्तीर्ण भएको र २ विद्यार्थीले ग्रेड वृद्धि परिक्षा दिनुपर्ने विद्यालयले जनाएको छ ।

    कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेम प्रासद पाण्डेको अध्यक्षता र शिक्षक विमला अर्यालको संचालनमा  सम्पन्न भएको थियो । कार्यक्रममा महामाया भवानी माविका प्रधानाध्यापक ऋषेश्वर अर्याल, देवदह माविका शिक्षक इन्दिरा अर्याल, विद्यालयका शिक्षक राजेश काफ्ले लगायतले शुभकामना मन्तब्य राखेका थिए । 

    सो अवसरमा विद्यालयका संस्थापक अध्यक्ष एक नारायण पौडेलले विद्यालयलाई ५० हजार १५० प्रदान गरेका थिए ।  उनलाई टीका, खादा र प्रमाण पत्र सहित सम्मान गरिएको थियो । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जनता मावि
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।