देवदह । रुपन्देहीको देवदह-८ मा रहेको जनता माविको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा खेम नारायण ढकाल निर्वाचित भएका छन् । शुक्रबार भएको अभिभावक भेलाबाट ढकाल विद्यालय व्यवस्थापन समिति अध्यक्ष र गोबिन्द बहादुर खत्री अभिभावक संघको अध्यक्षमा निर्वाचित भएका हुन् ।
विद्यालय व्यवस्थापन समिति सदस्यहरुमा बिना कोइराला‚उमा न्यौपाने, कुलुसरा सुनार बि क र रोशन खरेल निर्वाचित भएका छन् । त्यस्तैगरी अभिभावक संघ सदस्यहरुमा भबिलाल काफ्ले ,मन्जिला थापा, डोल कुमारी लम्साल, शुशिला सुनार, भगवती दर्लामी, जैसरा दर्लामी, राधा भण्डारी, मीन बहादुर परियार र सीता न्यौपाने निर्वाचित भएको विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद अर्यालले जानकारी दिए । भेलाले अध्यक्षसहित कार्यसिमिति सर्वसम्मत निर्वाचित गरेको गरेको हो ।
भेलामा वडा अध्यक्ष हरी प्रसाद पाण्डेय, नगर शिक्षा अधिकृत पर्शुराम ढकाल ,महामाया भवानी माविका प्रधानाध्यापक ऋषिश्वर अर्याल, निवर्तमान अध्यक्ष खेम प्रसाद पाण्डे र सहजकर्ता सल्लाहकार प्रमोद खनालको उपस्थिति रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology