Logo

२०८३, श्रावण ३०गते


images
images

जनता माविद्वारा प्रमुख प्रशासकीय अधिकृत र शिक्षा अधिकारीसहित अभिभावकसंग अन्तरक्रिया

जनता माविद्वारा प्रमुख प्रशासकीय अधिकृत र शिक्षा अधिकारीसहित अभिभावकसंग अन्तरक्रिया

images
  • जनता माविद्वारा प्रमुख प्रशासकीय अधिकृत र शिक्षा अधिकारीसहित अभिभावकसंग अन्तरक्रिया
    images
    images

    देवदह । रुपन्देहीको देवदह-८ स्थित जनता माध्यमिक विद्यालयले अभिभावकसंग अन्तरक्रिया गरेको छ। बुधबार एक कार्यक्रमबीच देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेल र नगर शिक्षा अधिकारी टिकाराम शर्मासहित कक्षा नर्सरीदेखि युकेजीसम्मका अभिभावकसंग विद्यालयले अन्तरक्रिया गरेको हो। 

    images
    images
    images

    अन्तक्रियामा बोल्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलले विद्यालयको भौतिक निर्माणमा नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे। "धेरै गर्नु छ, शिक्षाको गुणस्तरमा सुधारसंगै भौतिक पूर्वाधारमा पनि उत्तिकै काम गर्नुछ" उनले भने "नगरपालिकाले गर्न सक्ने भौतिक पूर्वाधार विकासका काममा हामी सहयोग गर्न प्रतिवद्ध छौं।"

    images
    images
    images

    त्यसैगरी नगरपालिकाका शिक्षा अधिकारी उपसचिव टिकाराम शर्माले नयाँ भर्नाको समय समेत नजिक आएकोले उमेर पुगेका बालबच्चा मात्र भर्ना गर्न र व्यवस्थित तरिकाले भर्ना अभियान संचालन गर्न विद्यालयलाई निर्देशन दिए। "धेरै साना बालबच्चा भर्ना नगर्नु, बाल अधिकारको ख्याल हामी सबैले गर्नुपर्छ" उनले भने, "हामी बाहिरी तडकभडकबाट पनि कहिलेकाहीं प्रभावित हुन्छौं, स्वस्थ प्रतिस्पर्धा गरौँ, गुणस्तरमा वृद्धि गरौँ।"

    images
    images
    images

    अन्तरक्रियामा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेमप्रसाद पाण्डेले जनता माविलाई दक्ष जनशक्ति उत्पादन गर्ने विद्यालयको रूपमा विकास गर्न आफूहरू लागिपरेको बताए।  विद्यालयलाई व्यवस्थित ढंगले संचालन गर्न र शिक्षाको गुणस्तरमा सुधार ल्याउन अभिभावक, शिक्षक र व्यवस्थापन समितिबीचको बुझाईमा एकारुपकता हुनुपर्ने उल्लेख गर्दै अध्यक्ष पाण्डेले सबैको पहलमा जनता मावि अब फरक रूपमा अगाडी बढ्ने बताए। 

    साथै विद्यालयका प्रधानाध्यापक कृष्ण अर्यालले अब शैक्षिक क्यालेण्डर अनुसार विद्यालय संचालन गरिने बताए।  आफ्नो विद्यालय आफै बनाउनुपर्ने विचार व्यक्त गर्दै प्रअ अर्यालले सबै शिक्षकले अनिवार्य रूपमा आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्नेमा जोड दिए। कान्ति, कालिका र शान्ति माविजस्ता केहि नमुना विद्यालयको नाम उल्लेख गर्दै उनले जनता मावि पनि सोहि बाटोमा अगाडी बढ्नुपर्ने धारणा राखे। 

    सो अवसरमा अभिभावकहरूले विद्यालयको नास्ता, खानेपानी, शौचालय, ट्युसन र शिक्षक बदलिईरहने समस्या अन्त्य गर्न सुझाब दिएका थिए।

    अन्तरक्रियामा विद्यालयका सह-प्रधानाध्यापक चिन्तामणी पाण्डे, विद्यालय व्यवस्थापन समितिका कुलराज शर्मा, गोमा खरेल, धनमाया लामा, दिलकुमारी परियार, शिक्षक अभिभावक समिति संयोजक चित्रबीर थापा, पुर्व संयोजक खेमनारायण ढकाल लगायतको उपस्थिति रहेको थियो।

    अभिभावकसंग अन्तरक्रिया गर्ने क्रममा विद्यालयले यसअघि कक्षा १० मा अध्ययनरत विद्यार्थीका अभिभावक, कक्षा ६-९ सम्म र कक्षा १ देखि ५ सम्मका अभिभावकसंग अन्तरक्रिया गरिसकेको विद्यालयका शिक्षक विमला अर्यालले जानकारी दिए। 

    जम्मा ४ सय ७२ जना विद्यार्थी अध्ययनरत विद्यालयमा नर्सरीदेखि युकेजीसम्म अध्ययनरत विद्यार्थीको संख्या १०८ रहेको छ, भने कार्यरत शिक्षक र कर्मचारीको संख्या ३० रहेको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।