Logo

२०८३, श्रावण ३०गते


images
images

जनता माविद्वारा अभिभावकसंग अन्तरक्रिया

जनता माविद्वारा अभिभावकसंग अन्तरक्रिया

images
  • जनता माविद्वारा अभिभावकसंग अन्तरक्रिया
    images
    images

    देवदह ।  रुपन्देहीको देवदह-८ स्थित जनता माध्यमिक विद्यालयले अभिभावकसंग अन्तरक्रिया गरेको छ। विद्यार्थीको पढाई, आवश्यक सुझाव संकलन र विद्यालयको आगामी योजना सम्बन्धमा विद्यालयले अभिभावकसंग अन्तरक्रिया गरेको विद्यालयका शिक्षक विमला अर्यालले जानकारी दिए। 

    images
    images
    images

    अन्तरक्रियामा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेमप्रसाद पाण्डेले जनता माविलाई दक्ष जनशक्ति उत्पादन गर्ने विद्यालयको रूपमा विकास गर्न आफूहरू लागिपरेको बताए।  विद्यालयलाई व्यवस्थित ढंगले संचालन गर्न र शिक्षाको गुणस्तरमा सुधार ल्याउन अभिभावक, शिक्षक र व्यवस्थापन समितिबीचको बुझाईमा एकारुपकता हुनुपर्ने उल्लेख गर्दै अध्यक्ष पाण्डेले सबैको पहलमा जनता मावि अब फरक रूपमा अगाडी बढ्ने बताए। 

    images
    images
    images

    त्यसैगरी अन्तरक्रियामा आफ्ना भनाई राख्दै विद्यालयका प्रधानाध्यापक कृष्ण अर्यालले अब शैक्षिक क्यालेण्डर अनुसार विद्यालय संचालन गरिने बताए।  आफ्नो विद्यालय आफै बनाउनुपर्ने विचार व्यक्त गर्दै प्रअ अर्यालले सबै शिक्षकले अनिवार्य रूपमा आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्नेमा जोड दिए। कान्ति, कालिका र शान्ति माविजस्ता केहि नमुना विद्यालयको नाम उल्लेख गर्दै उनले जनता मावि पनि सोहि बाटोमा अगाडी बढ्नुपर्ने धारणा राखे। 

    images
    images
    images

    सो अवसरमा अभिभावकहरूले विद्यालयको नास्ता, खानेपानी, शौचालय, ट्युसन र शिक्षक बदलिईरहने समस्या अन्त्य गर्न सुझाब दिएका थिए। 

    अन्तरक्रियामा विद्यालयका सह-प्रधानाध्यापक चिन्तामणी पाण्डे, विद्यालय व्यवस्थापन समितिका कुलराज शर्मा, गोमा खरेल, धनमाया लामा, दिलकुमारी परियार, शिक्षक अभिभावक समिति संयोजक चित्रबीर थापा, पुर्व संयोजक खेमनारायण ढकाल लगायतको उपस्थिति रहेको थियो।

    अभिभावकसंग अन्तरक्रिया गर्ने क्रममा विद्यालयले फाल्गुन २९ गते कक्षा १० मा अध्ययनरत विद्यार्थीका अभिभावक, ३० गते कक्षा ६-९ सम्म र बिहिबार (आज) कक्षा १ देखि ५ सम्मका अभिभावकसंग अन्तरक्रिया गरेको विद्यालयका प्रअ अर्यालले जानकारी दिए। 

    विद्यालयमा ४ सय ७२ जना विद्यार्थी अध्ययनरत छन् भने कार्यरत शिक्षक र कर्मचारीको संख्या ३० रहेको छ।   

     

     

     


     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।