काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले वर्तमान सरकारको सत्ता साझेदार पार्टी एमाले साना पार्टी सक्ने खेलमा लागेको बताएका छन् ।
शुक्रबार नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी उदयपुरले आयोजना गरेको ‘सन्देश सभा’ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले दुईतिहाइको दम्भमा संविधान संसोधन गरेर साना पार्टी सक्ने खेल आफूहरूलाई मान्य नहुने भन्दै यस्तो कार्य नगर्न एमालेलाई आग्रह गरे ।
उनले संविधान संसोधन गरेर साना पार्टी सक्ने एमाले उद्देश्य सफल हुन नदिन सत्ता साझेदार दल नेपाली कांग्रेसलाई आग्रह गरे । अध्यक्ष नेपालले नेपालमा पहिलोचोटि समाजवादी कार्यक्रम ल्याउने काम एकीकृत समाजवादी पार्टीले गरेको समेत दावी गरेका छन् ।
कम्युनिष्ट पार्टी मध्ये आफ्नो पार्टीले नेपालमा पहिलो चोटी समाजवादी कार्यक्रम ल्याएको र जनताको सेवामा लाग्न, देशको माया गर्न, सेवा गर्न, विकास निर्माण गर्न, जनतालाई सुखी र खुसी राखेर काम गर्ने दिशामा लाग्न प्रेरित गरेको जिकिर गरे ।
सन्देश सभामा उपाध्यक्ष जगन्नाथ खतिवडा, पार्टीका केन्द्रीय सचिव बलदेव चौधरी संविधानसभा सदस्य दुर्गा परियार, केन्द्रीय सदस्य धनेन्द्र बस्नेत, पूर्व कोशी प्रदेशसभा सदस्य सुनिता चौधरी लगायतका वक्ताहरूले मन्तव्य राखेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology